गोदावरीमा लोभलाग्दो पर्यटन पूर्वाधार

काठमाडौ । लक्जरिअस होटल, रिसोर्ट र सडक पहुँच सहज हुँदा गोदावरीमा पर्यटन आकर्षण बढिरहेको छ । कोभिडपछि विस्तारै पर्यटकको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाको पर्यटकीय क्षेत्र गोदावरीमा पर्यटक चहलपहल बढेको हो ।

पर्यटकीय हबमा दर्जनबढी ‘लक्जरिअस’ होटल

विदेश व्यवस्थापनमा सञ्चालन हुने चारतारे होटल गोदावरी फरेस्ट रिसोर्ट, २७ वर्ष पहिलेदेखि सञ्चालनमा रहेको गोदावरी भिलेज रिसोर्ट, होटल भ्यु भृकुटी, गोदावरी होटललगायतका होटलले गोदावरी आएका पर्यटकलाई उपयुक्त रोजेजस्तो सुविधा उपलब्ध गराउने अवस्था बनिरहेको गोदावरी होटल तथा रेस्टुरेन्ट संघका अध्यक्षसमेत रहेका वडा नं ३ का वडाध्यक्ष राज घिमिरे बताउँछन् ।

गोदावरी सनराइज सम्मेलन केन्द्रमा आयोजना हुने सभा सम्मेलनका सहभागी र प्राकृतिक तथा धार्मिक महत्वको क्षेत्र भ्रमणमा आउने पाहुनालाई लक्षित गर्र्दै गोदावरीमा होटल रिसोर्ट थपिइरहेको वडाध्यक्ष घिमिरे बताउँछन् । काठमाडौं उपत्यकाको विशेष पर्यटकीय महत्व भएको यस गोदावरी क्षेत्रमा होमस्टेदेखि, ओयो फ्रेन्चाइजका होटल तथा गेस्टहाउस र रिसोर्टको उपलब्धता भएकाले सबै वर्गका ग्राहकका लागि बसोबासको उपयुक्त ठाउँ भएको व्यवसायीहरू बताउँछन् ।

गोदावरी आइपुगेका पाहुना बसोबासका लागि सहरको भीडभाडका होटलमा फर्कनुभन्दा गोदावरीमै बसेर बिहान आधा–१ घण्टा यहाँको वातावरणमा पदयात्रा गर्दा अथाह आनन्द प्राप्त हुने व्यवसायी बताउँछन् । २७ वर्षअघि स्थापना भएको गोदावरी भिलेज रिसोर्टले गोदावरी क्षेत्रमा पर्यटन आवासको व्यवस्थित सुरुवात गरेकामा पछिल्ला दिन होटल तथा रिसोर्टहरू बढ्न थाल्नु यस क्षेत्रकै गौरवको विषय भएको रिसोर्टका प्रबन्ध निर्दे शक प्रविन आचार्य बताउँछन् ।

आगन्तुकको गोदावरी क्षेत्रप्रतिको मोह र प्राकृतिक सम्पदाको प्रचुर सम्भावनासँगै पूर्वाधार विकासमा राज्यले ध्यान दिए गोदावरी क्षेत्रको पर्यटन व्यवसाय अझ फस्टाउने आचार्यको विश्वास छ । गोदावरी नगरपालिकाको वडा नं २ विशंखुनारायण, वडा नं ३ गोदावरी, वडा नं ४ बडिखेल र वडा नं १४ ठैवमा खुलेका स्तरीय होटल तथा गेस्टहाउसमा करिब हजार शय्या क्षमता रहेको गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी बताउँछिन् । अधिकारीका अनुसार गोदावरीमा मात्रै आठको हाराहारीमा शøया क्षमता रहेको छ । गोदावरीलाई पर्यटनको हब बनाउन नगरपालिकाले व्यवसायमैत्री वातावरण बनाइदिएको अधिकारी बताउँछिन् ।

३ वर्षअघि गोदावरी–१४ ठैव श्वेतवाराहीमा स्थापना भएको प्याराडाइज हिल्स रिसोर्टका सञ्चालक रमेशकुमार खड्का पनि पछिल्ला समयमा गोदावरी क्षेत्रमा पर्यटकको आकर्षण बढिरहेको बताउँछन् । पर्यटन पूर्वाधारमा गैरसरकारी क्षेत्रले गरिरहेको लगानीलाई राज्यले प्रोत्साहन गर्र्ने र झन्झटमुक्त प्रशासनिक सहजीकरण सुविधा हुँदा पर्यटनमार्फत अर्थतन्त्रको सवलीकरण हुने खड्का बताउँछन् ।

गोदावरीमा झन्डै तीन दशकअघि स्थापना भएको गोदावरी भिलेज रिसोर्ट, होटल भ्यू भृकुटी, गोदावरी होटल, ग्रीन हिल रिसोर्ट, फूल्चोकी होटल, होटल टावरहाउस, होटल गोल्डेन, ओयो होटल, बडिखेलमा रहेको कोरियन होटलसहित दर्जनबढी स्तरीय होटल रहेको वडाध्यक्ष घिमिरे बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'