काठमाडौँ । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्एिको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् ।
अब नेपाल र बंगदादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए खेल पेनाल्टी सुट आउटमा जाने अखिल नेपाल फुटबल संघले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)