कतै ट्रफी त कतै २५ किलो कुखुरा पुरस्कार

राजविराज । निजामती कर्मचारी दिवस तथा आसन्न चाडपर्वको अवसर पारेर दुई छुट्टाछुट्टै संस्थाले मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेका छन् ।

दुई मैत्रीपूर्ण प्रतियोगिताका एक बिजेता टिमले ट्रफी र प्रमाणपत्र पाएका छन् भने अर्को बिजेता टिमले पुरस्कार स्वरुप २५ किलो तौल बराबरको ११ वटा कुखुरा प्राप्त गरेका छन् ।

यस्तो रोचक प्रतियोगिता शनिबार राजविराजस्थित राजरंगशालामा सम्पन्न भएको हो । दुबै प्रतियोगितामा जिल्ला फुटवल संघ सप्तरीले प्राविधिक सहयोग गरेका छन् ।

२२औं निजामती कर्मचारी दिवसको अवसरमा जिल्ला अदालत सप्तरी र उच्च अदालत जनकपुर राजविराज इजलाशको संयुक्त आयोजनामा आयोजित पहिलो मैत्रीपूर्ण फुटवल प्रतियोगितामा आयोजक दुबै टिमबीच नै प्रतिस्पर्धा भएको थियो । २५–२५ मिनेट खेलाइएको उक्त खेलमा जिल्ला अदालत सप्तरीलाई २ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै उच्च अदालत जनकपुर राजविराज इजलाश टिम बिजयी भए ।

बिजयी खेलाडीहरुलाई ट्रफि र प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले खेलको माध्यमबाट मनोरन्जन गर्ने उद्देश्यले निजामती कर्मचारी दिवसको अवसरमा यस्तो कार्यक्रम दुबै अदालतले मिलेर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

दैनिक ८ घण्टा कार्यालयको काम गर्ने कर्मचारीलाई फरक अनुभव, उत्साह र मनोरन्जनका साथै यस्ता खेलले ताजगी प्रदान गर्ने उनको भनाई छ ।

शनिबार नै हिमालय क्लब राजविराजले आयोजना गरेको अर्को मैत्रीपूर्ण फुटवल प्रतियोगितामा आयोजक हिमालय क्लवले जिएसएफसी चिम्टि क्लवलाई २–० गोल अन्तरले हराउँदै पुरस्कार वापत २५ किलो बराबरको ११ वटा कुखुरा प्राप्त गरेका छन् ।

उपबिजेता जिएसएफसी चिम्टि क्लबले १५ किलो बराबरको ७ वटा कुखुरा प्राप्त गरे । उक्त खेलका बिजेताहरुलाई प्रमुख अतिथि समाजसेवी प्रविन चौधरी र फुटवलका प्रशिक्षक प्रज्वल सिंह सेवाले उक्त परिमाणको कुखुरा प्रदान गरेका थिए ।

जिल्लामा पहिलो पटक पुरस्कारमा कुखुरा राखेर खेलाइएको प्रतियोगिता हेर्न दर्शकहरुपनि उल्लेख्य संख्यामा राजरंगशालामा उपस्थिति भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'