करेन्ट लागेर सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको मृत्यु

संखुवासभा । चैनपुरमा करेन्ट लागेर सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको मृत्यु भएको छ । करेन्ट लागेर चैनपुर नगरपालिका –४ मा रहेको ६ मेगावटको सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुर काभ्रेपलाञ्चोक जिल्लाको पनौति नगरपालिका –१ का २९ बर्षीय क्रान्ति तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिए । सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार दिउँसो १ बजे सुपर हेवा हाइड्रोपावर स्थलमा विद्युत पोल आसपासको रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर तामाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते तामाङको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताए । सुपर हेवा हाइड्रोपावरका ७ कर्मचारी मध्ये उनी सिनियर कर्मचारी हुन् ।

विद्युत पोल आसपासका रुख हटाउने क्रममा तामाङलाई अचानक करेन्ट लागेको सुपर हेवा हाइड्रोपावरका प्रबन्ध सञ्चालक निमा लामाले जानकारी दिए । मृतकको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ । घटनाको ’boutमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

२६ भाद्र २०८२