सुनको मूल्य हालसम्मकै उच्च, आज १६ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च कायम भएको छ । शुक्रबार २४९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 555 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'