कालिकोटमा पनि जेनजीको प्रदर्शन

कालिकोट । देशभरजस्तै कालिकोटको मान्ममा पनि जेनजी समुहले बिहानैदेखि प्रितिमा चोकमा भेला भएर प्रदर्शन गर्न थालेका छन् ।

देशमा भ्रष्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् । प्रदर्शनमा मिसिन आइरहेका जेनजीले आफूहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताइरहेका छन् ।

‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रष्ट नेता होसियार’ जस्ता नाराहरु उनीहरुले लगाएका छन् ।

हिक्मतजंग मल्ल, जीवन शाहीलगायतका युवाहरुले नेतृत्व गरिरहेको जेनजी समुहमा २८ वर्ष मुनिका युवा र २८ वर्ष माथिका युवाहरुको केही सहभागिता नैतिक समर्थन देखिएको छ । प्रदर्शनमा सत्ता सम्वाद नेपाली कांग्रेस र एमाले समर्थक युवाहरुको पनि सहभागिता देखिएको थियो ।

केही जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध पनि नारा लगाएका छन् । केहीले भने नेताहरुको नाम नै लिएर नारा नलगाउन आग्रह गर्दै समूहलाई भड्किन नदिने काम गरिरहेका छन् ।

‘हामीलाई यिनीहरुले राजनीति गर्दैनन् भनेर नेताहरुले सधैं हेपे, हामीलाई देशको माया छैन भनिन्छ तर हामी सचेत छौं, सबैलाई चिनेका, बुझेका छौं ।’ देश बनाउँछु भनेर सवैल शासन गरे तर, देश बनाएनन् अब युवाको काँधमा साशन चलाउने समय आयो युवा जीवन शाहीले बताए । प्रदर्शन भड्किन नदिन ठूलो संख्या सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'