कपिलवस्तु । कपिलबस्तु कारागारबाट भागेका ९० जना कैदीबन्दीहरु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार मंगलबार बिहान तोडफोड गरी भागेका मध्ये ९० जनालाई नियन्त्रणमा लिएर पुनः कारागार पठाइएको छ।
कपिलबस्तु कारागारमा कुल ४५९ कैदीबन्दी थिए, जसमा २९ जना बाहेक सबैले तोडफोड गरी भागेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । यसबाहेक, केन्द्रिय कारागारबाट ८ जना, नख्खु कारागारबाट ५ जना, कास्की कारागारबाट १ जना र तुलसीपुर कारागारबाट ३ जना गरि १७ जना फरार कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ।
भागेका कैदीहरूलाई नियन्त्रणमा लिन खोज्दा कपिलबस्तु नगरपालिका वडा ३ चौबिस हजार पुलमा एक राउण्ड हवाईफायर पनि गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।
तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)






