काठमाडौं । यो दसैँलाई लक्षित गरेर आगामी १३ असोज फूलपातीमा रिलिज गरिने नेपाली चलचित्र ‘माइतीघर’को ट्रेलर दर्शकमाझ आएको छ । करिब तीन मिनटको यो टिजरलाई बिहीबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको थियो ।
माइतीघरको ट्रेलरमा त्रिकोणात्मक प्रेमले निम्त्याएको समस्यालाई देखाइएको छ । ब्रुनाईका लाहुरेको चरित्रमा रहेका धिरज मगरले मन पराएको युवती उपासना सोही गाउँका युवा प्रकाश सपुतको प्रेमिका हुन्छिन् । परिवारले लाहुरेसँग विवाह गरिदिने भएपछि आफ्नो प्रेमीलाई पाउन उपासनाले गरेको संघर्षलाई यो चलचित्रको ट्रेलरमा प्रस्तुत गरिएको छ ।
चलचित्र माइतीघरलाई मिलन तामाङले निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रकाश सपुत, धिरज मगर, केदार प्रसाद घिमिरे (माग्ने बुढा), उपासना सिंह ठकुरी, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङदेलसहितका कलाकारको मुख्य भूमिका रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)






