पोखरा । विश्व पर्यटन दिवस अवसरमा शनिबार पोखरामा दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा नेपालसहित ७ देशका १६० जना धावकले विभिन्न इभेन्टमा सहभागिता जनाएको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । जसमा नेपालसहित बेलायत, नर्वे, इजरायल, प्र्रmान्स, अमेरिका र स्पेनका धावकले नाम दर्ता गराएका हुन् ।
पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म ८ किमी दुरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुनेछ । हरेक इभेन्टका विजयीलाई नगद पुरस्कार व्यवस्था गरिएको छ । खुलातर्फका विजेतालाई ५० हजार उपविजेतालाई ३० हजार तेस्रो हुनेलाई १५ हजार प्रदान गरिने छ ।
यसैबीच, सोही अवसरमा विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गरिने आयोजकले जनाएको छ । गत वर्ष उद्योगी एवं समाजसेवी चन्द्रकान्त बराल र विश्व कीर्तिमानी धावक कुसान गुरुङ सम्मानित भएका थिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुने प्रतियोगितामा विभिन्न संघसंस्थाले सहयोग गरेको केन्द्रका उपाध्यक्ष असफल गौतमले जनाए ।