‘जोली एलएलबी–३’बाट अक्षय कुमारलाई राहत

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई उनको नयाँ चलचित्र ‘जोली एलएलबी–३’ रिलिज भएसँगै अहिले राहत मिलेको छ । पछिल्लो समय उनका थुप्रै चलचित्रहरूले १०० करोडको व्यापार गर्न सकेका थिएनन् । तर चलचित्र ‘जोली एलएलबी–३’ले भने १०० करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।

यो चलचित्र शुक्रवार ३ असोजमा रिलिज भएको हो । चलचित्रले रिलिज भएको पहिलो दिनमै स्वदेशी बक्स अफिसमा १४.९८ करोडको ग्रस व्यापार ग¥यो । यस अघि जोली एलएलबीको पहिलो र दोस्रो सृंखलाको तुलनामा यो व्यापारलाई राम्रै मानिएको छ ।

यो चलचित्रले स्वदेशी बक्स अफिसमा दोस्रो दिन शनिवार करिब १८ करोडको व्यापार गरेको थियो । यसरी दुई दिनमा ‘जोली एलएलबी ३’ले ३२.७५ करोड रुपैयाँको व्यापार गरेको छ । यो चलचित्रले आइतबारसम्म स्वदेशी बक्स अफिसमा आफ्नो कमाई ५० करोड भन्दा माथि पु¥याउने अनुमान गरिएको छ ।

‘जोली एलएलबी ३’मा अक्षय कुमार, अरशद वारसीको हास्य प्रधान अदालती खरो बहसलाई दर्शकले निकै रुचाएका छन् । सोही कारण पनि यो चलचित्रले बिस्तारै बक्स अफिसमा दर्शक बटुल्दै छ ।

अक्षयले आफ्नो ‘जोली एलएलबी ३’ का सह–अभिनेता अरशदको अभिनयको खुलेर प्रशंसा गरेका छन् । चलचित्रमा कतिपय दृश्यमा अरशदले अभिनयमा आफूलाई समेत हम्मे हम्मे पारेको पनि उले बताएका छन् ।

अरशद’bout अक्षयले भने,‘जोली १ र जोली २ हरेपछि दर्शकले हामीले जोली ३ कहिले आउँछ भनेर बारम्बार सोध्नु भएकाले हामी फेरी तेस्रो सृंखला लिएका आएका हौँ । यस पटक मलाई अरशदसँग काम गर्दा धेरै रमाइलो लाग्यो नै, उनको काम यस पटक झनै सशक्त भयो ।’

‘जोली एलएलबी ३’मा अक्षय कुमार र अरशदसँगै हुमा कुरेशी, अमृता राव, सौरभ सुक्ला, गजराज रावलगायतका कलाकार मुख्य भूमिकामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो