दशैंको दिन धनगढीमा निःशुल्क बस सेवा सञ्चालन हुने

धनगढी । विजया दशमीको दिन धनगढीमा निःशुल्क बस सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकाको समन्वयमा नवजीवन अस्पताल प्रालिले असोज १६ गते अर्थात् दशैंको मुख्य टीकाको दिन निःशुल्क बस सेवा प्रदान गर्ने भएको हो ।

भोलि असोज १६ गते दशैंको दिन धनगढी एवं फूलबारी र अत्तरियासम्म निःशुल्क बस सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

नि:शुल्क बस सेवा बिहान ९ बजे चौराहदेखि फूलबारीसम्मका लागि छुट्नेछ भने बिहान १० बजे फूलबारीदेखि चौराहसम्म, बिहान ११ बजे चौराहदेखि अत्तरियासम्म, बिहान १२ बजे अत्तरियादेखि धनगढी चौराहसम्म तथा दिउँसो १२:४५ बजे चौराहदेखि फूलबारीसम्मका लागि निःशुल्क बस सेवा चल्नेछ ।

यसैगरी दिउँसो १:३० बजे फूलबारीदेखि चौराहसम्म, दिउँसो २:१५ बजेमा चौराहदेखि अत्तरियासम्मका लागि र अपराह्न ३ बजे अत्तरियादेखि धनगढीसम्मका लागि बस छुट्नेछ । निःशुल्क बस सेवाका लागि मोवाइल नम्बर ९८४८४५०४६६ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

epaper

ताजा समाचार

२६आश्विन २०८२