काठमाडौँ । एनटेक-जेड टिमले असोज २३ गते बिहीबार काठमाडौँमा सभा गर्ने भएको छ । शान्तिपूर्ण कार्यक्रमका लागि टिमले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरक्षाको मागसहित निवेदन दिएको दर्ता गराएको छ ।
सो टिमले शान्तिपूर्ण सभा आयोजनाका लागि औपचारिक अनुमति माग्दै निवेदन दर्ता गरेको र प्रशासनले अनुमति दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
एनटेक-जेड टिमको आज बसेको बैठकले असोज २३ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म माइतीघर मण्डलामा बसी शान्तिपूर्ण सभा गर्ने निर्णय गरेको संयोजक सुरेन्द्र घर्तिले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)
सम्बन्धित समाचार







