पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकोमा कांग्रेसको आपत्ती

काठमाडौं । नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण गराएको हो ।

गत भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिइ काठमाडौँ उपत्यकाबाहिर जान नमिल्ने गरी सिफारिस गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द