२२ वर्ष अघी ५२ सिट जितेको कांग्रेस सून्यमा


एजेन्सी । दिल्ली विधानसभा निर्वाचन परिणामा केही वेरमा घोषणा हुँदैछ । चुनावी परिणामा अनुसार आम आद्मी पार्टीले स्पष्ट बहुमत पाएको छ । सम्भव त फेरि अरबिन्द केजरीवालकै नेतृत्वमा सरकार गठन हुने भएको छ । पुरानो पार्टी भारतीय कांग्रेसले यसपालीको चुनावमा पनि एक सिट पनि पाएन । भारतीय मिडिया आजतकले गरेको विश्लेषण यस्तो छ :

प्याजको मुल्यले धानेको इज्जत

सन १९९८ को चुनावमा दिल्लीमा भारतीय कांग्रेसले इज्जतदार स्थान हाँसिल ग¥यो । उक्त चुनावमा सवै भन्दा ठूलो विषय बनेको थियो प्याजको मुल्य । भनिन्छ प्याजको बढ्दो मुल्यकै कारण (भारतीय जनता पार्टी) बीजेपी सरकार ढलेको थियो र भारतीय कांग्रेस सत्तामा आएको थियो । केन्द्रमा अटल बिहारी बाजपेयीको सरकार थियो । ७० सदस्यीय विधानसभामा कांग्रेसले ५२ सिट जित्यो । सुषमा स्वराजको नेतृत्वमा रहेको बीजेपीले १५ सिटमा चित्त बुझाउनु प¥यो । शिला दिक्षित नेतृत्वको कांग्रेसले बाजी मा-यो ।

सन २००३ मा भएको चुनावमा पनि कांग्रेसको जीत सान्दार रह्यो । ७० मध्ये ४७ सीटमा कांग्रेसले जित्यो । शीला दिक्षितकै नेतृत्वमा सरकार बन्यो ।

सन २००८ मा भएको चुनावमा कांग्रेसको रफ्तार थोरै घट्यो तर, सरकार बनाउन आवश्यक पर्ने भोट पायो । कांग्रेसले ४३ सिट जित्यो र आफ्नै नेतृत्वमा सरकार बनायो ।

सरकारको आयु ४९ दिन

सन २०१३ मा भएको चुनावमा भने कांग्रेसलाई नराम्रो झट्का लाग्यो । अन्ना आन्दोलनकै कारण आम आद्मी पार्टी जन्मियो । विधानसभा निर्वाचन परिणामा तीन भागमा बाँडियो । भारतीय जनता पार्टीले ३१, आम आद्मीले २८ र कांग्रेसले ८ सिट जित्यो । आम आद्मीले कांग्रेससंग मिलेर सरकार बनायो जबकि सरकारको आयु ४९ दिनमा सकियो । यसपछि राष्ट्रपति शासन लागु भयो ।

सन २०१५ मा भएको विधानसभा चुनावमा कांग्रेस सून्य भयो । ७० सिटमा आम आद्मीले ६७ सिट जित्यो भने भाजपा ३ सिटमा सिमित रह्यो । यसपालीको चुनाबमा भाजपाले थोरै मत बढाए पनि कांग्रेसको स्थिती नाजुक छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित्ने र हार्ने दुवै विजय उत्सवमा