धनगढी उपमहानगरले भन्यो- प्रतिबन्धित प्लास्टिकजन्य वस्तु उत्पादन, बिक्री र भण्डारण नगर्नु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले वातावरण संरक्षण र जनस्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगर क्षेत्रभित्र प्लास्टिकजन्य वस्तुहरूको उत्पादन, बिक्री–वितरण, आयात तथा भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको छ । उपमहानगरपालिकाको कानुन निर्माण गरेरै प्लास्टिकबाट निर्मित झोला, कप, गिलास, प्लेट, चक्कु, चम्चा, काटा,प्लास्टिकमा बेरिएका बुके, प्लास्टिकको माला र सजावटका सामग्री, सुर्ती र खुटखाको उत्पादन, बिक्री, वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको हो ।

उपमहानगरले धनगढी उपमहानगरपालिकाको प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन, २०७९ बमोजिम प्लास्टिक जन्य वस्तुको उत्पादन, आयात, भण्डारण र बिक्रीवितरणमा रोक लगाएको छ । सो ऐनअनुसार नगर क्षेत्रलाई सफा, हरित र प्रदूषण मुक्त बनाउन प्लास्टिक प्रयोगमा नियन्त्रण गर्नुपर्ने आवश्यकता महसुस गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य वस्तुको प्रयोग र बिक्रीवितरण नगर्न आग्रह गरेको छ । प्रतिबन्धित वस्तुहरूको उत्पादन र कारोबार गर्नेलाई कानुनी कारबाही गरिने सूचनामा उल्लेख छ। कसैले कानुन विपरीत प्लास्टिकजन्य झोला वा वस्तु उत्पादन, बिक्री वा भण्डारण गरेको पाइएमा कानुनी रूपमा कारबाही गरिने उपमहानगरले निकालेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले यस निर्णयमा स्थानीय व्यवसायी, उपभोक्ता र नागरिक सबैको सहकार्य अपेक्षा गर्दै प्लास्टिकको सट्टा कागज, कपडा वा जैविक रूपमा नष्ट हुने विकल्प प्रयोग गर्न आग्रह गरेको छ ।

धनगढी उपमहानगरपालिकाले वातावरणीय स्वच्छता र सार्वजनिक स्वास्थ्य संरक्षणका लागि यो कदमलाई स्थायी समाधानका रूपमा अघि सारेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

२६आश्विन २०८२