हृदयाघातको लागि खिचेको दृश्य अश्लीलमा प्रयोग गर्दा कुटाई

मुम्बई । बलिउड अभिनेता धर्मेन्द्रले चलचित्रमा काम गर्दा कतिपय निर्देशकहरुले आफ्नो दृश्यहरू गलत रूपमा प्रयोग गर्ने गरेको बताएका छन् । नाक थुनेर उभिएको दृश्यलाई पिसाव फेरिरहेको दृश्यको रूपमा प्रयोग गर्ने मात्र हैन, हृदयाघातको लागि भनेर सास फेर्न गाह्रो भएर स्याँ स्याँ गर्दै घोप्टो परेको दृश्य लिएर त्यसलाई यौन सम्बन्धको दृश्यमा प्रस्तुत गर्न समेत निर्देशकहरू पछि नपर्ने गरेको पनि उनले बताएका छन् ।

चलचित्र निर्देशक कान्ति शाहले आफूलाई यसै गरी एउटा दृश्यलाई भनेर छायांकन गराएको तर अर्को दृश्यमा प्रयोग गरेर ठुलो धोका दिएको पनि अभिनेता धर्मेन्द्रले बताएका छन् । यी अभिनेताका अनुसार त्यति बेला अभिनेता धर्मेन्द्र आफ्नो चलचित्र करियरमा संघर्षरत थिए । घटना अनुसार त्यति बेला धमेन्द्रले कान्ति शाहको निर्देशनमा सी–ग्रेड एउटा चलचित्रमा काम गरेका थिए ।

यो चलचित्रका लागि भनेर धर्मेन्द्रसँग हृदयाघात भएको एउटा दृश्य कान्तिले छायांकन गरेका थिए । तर, यो चलचित्र रिलिज हुँदा कतै पनि धर्मेन्द्रलाई हृदयाघात भएको दृश्य देखिएन । बरु त्यो हृदयाघातको लागि भनेर खिचिएको दृश्यलाई एउटा युवतीसँग धर्मेन्द्रले निकै उत्तेजित भावमा यौन सम्बन्ध राखिरहेको दृश्यमा पो प्रयोग गरेको पाईयो । धर्मेन्द्रको यो दृष्यले उनको परिवारलाई स्तब्ध बनायो । धर्मेन्द्रका अनुसार पुरा परिवार उनी प्रति आक्रोशित भए । सबैलाई रिस उठ्यो।

त्यति बेला धर्मेन्द्रले वास्तविक कुरा बताएपछि सो घटनाबाट रिसाएर उनका छोरा एवम् अभिनेता सनी देओलले निर्देशक कान्ति शाहलाई तत्कालै भेटेर नराम्रोसँग कुटपिट गरेका थिए । जसका कारण निर्देशक कान्ति घाइते मात्र भएनन्, केही दिन आराम समेत गर्नु परेको थियो ।

त्यसैले बलिउडको संसार ग्ल्यामर र प्रसिद्धिमा मात्र सीमित छैन । कलाकारलाई जानकारी नै नगराई आफू मात्र हैन, धेरै कलाकारहरूलाई यसरी विवादमा पर्ने गरेको अभिनेता धर्मेन्द्रले बताएका छन् । निर्देशक अभिनव कश्यपले पनि यस्ता घटनाहरू थुप्रै हुने गरेको बताए ।

निर्देशक अभिनव कश्यपले यही कारण आफूले चलचित्र दवंगमा चाहेर पनि अभिनेता धर्मेन्द्रलाई अभिनय नगराएको बताए । उनलाई धर्मेन्द्रले नयाँ चलचित्रमा राम्रो भूमिका भए मलाई काम दिनु होला भनेर भूमिका मागेका थिए । त्यसपछि निर्देशक अभिनवले धर्मेन्द्रलाई चलचित्र दवंगको प्रजापति पाण्डेको भूमिकामा कास्ट गर्न भन्दै धर्मेन्द्रसँग भेटघाट समेत गरे । त्यो भूमिका’bout सुनेपछि धर्मेन्द्रले उनको हात समातेर भने, ‘छोरा, यस्तो सहायक हैन, सक्छौ भने मलाई महत्वपूर्ण भूमिका देऊ, नत्र नदेऊ ।’

अभिनवले धर्मेन्द्रको सो भनाई स्वीकार गरेर उनले पछि अर्को चलचित्रमा राम्रो भूमिका भएको खण्डमा सहकार्य गर्ने बताउँदै धर्मेन्द्रसँग बिदा लिए । धर्मेन्द्रलाई भनिएको यो भूमिका पछि विनोद खन्नालाई उनले प्रस्ताव गरे । सो भूमिकालाई विनोदले उत्कृष्ट रूपमा निभाएका थिए ।

धर्मेन्द्रले सो भूमिका नखेल्नु र अभिनवले पनि सो भूमिकामा काम नगराउनुको कारण यसपटक पनि सनी देओल नै थिए । आफ्नो बुबालाई सानो तिनो भूमिकामा काम गराउने तथा सि ग्रेटको चलचित्र खेलाउने जो कोहीलाई पनि आफूले न छाड्ने धम्की सनीले दिएपछि सो धम्कीकै कारण धर्मेन्द्रले दवंगमा काम नगरेका रहेछन् । निर्देशक अभिनवले पनि कान्ति शाहमाथि हातपात गरिएको त्यो पुरानो विवादलाई सम्झँदै यो भूमिका अरू कसैलाई दिनु राम्रो होला भनेर धर्मेन्द्रकै अगाडि बताएका थिए ।

सनी देओल र कान्ति शाहको यो पुरानो कथाले अहिले पनि धेरैलाई पाठ सिकाउने गरेको छ । चलचित्रमा अनावश्यक दृश्य जबरजस्ती रूपमा खिचाउन खोज्ने निर्माताहरुलाई अझै कान्ति शाहको हालत होला भनेर चेतावनी दिने गरिएको छ । हुन पनि बलिउड स्टारहरूले आफ्नो परिवारको सम्मान जोगाउन यस्तो कार्य पनि गर्न सक्छन् भन्ने कुरा अभिनेता सनी देओल उदाहरण बनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु