दिक्तेल नगरपालिकाले दरबन्दीबाहेकका कर्मचारी हटाउने

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकका सबै अस्थायी कर्मचारी तथा शिक्षक कातिक १ गतेदेखि हटाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको असोज २८ गतेको बैठकले करार सेवाका कर्मचारी, दैनिक ज्यालादारी र नगरपालिकाको अनुदानमा नियुक्त शिक्षकहरूलाई सम्मानपूर्वक बिदाई गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको मन्त्रीपरिषद्बाट असोज ५ गते आएको परिपत्रको आधारमा उक्त निर्णय भएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् । बैठकले सार्वजनिक खरिद बाहेकका बैठक भत्ता हटाउने, नयाँ सवारी खरिद नगर्ने, बेरुजु फछ्र्यौट गर्ने, निर्माण कार्यको कन्टिन्जेन्सी तीन प्रतिशत कायम गर्ने र पुराना घरको अभिलेखीकरण गर्ने निर्णय समेत गरेको छ ।

कातिक २० भित्र सबै कार्यपालिका सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्ने र पूर्व जनप्रतिनिधिलाई समेत अनुरोध गरिने छ । यसैगरी दश वर्षभित्रका बजेट र कामको विवरण सङ्कलन गर्ने, स्पिड ब्रेकरको स्तरोन्नति गर्ने, विद्यालयमा अक्षयकोष स्थापना गर्ने र स्वच्छ खानेपानी उपलब्ध गराउने निर्णय गरिएको छ ।

५० शैयाको अस्पताल भवनमा ठेकेदारको लापरबाही देखिएको भन्दै कानूनी कारबाही अगाडि बढाइने छ । भदौ २३–२४ को जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिँदै आन्दोलनले उठाएका सकारात्मक मागलाई सम्मान गर्दै सेवा प्रवाह र कार्यसम्पादनमा सुधार गर्ने निर्णय समेत गरिएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक बसेको बैठकले पारित गरेको नौं बुँदे निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले