काठमाडौं । गत भदौ अन्तिमबाट छायांकन सुरु गरिएको नेपाली चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’को छायांकन सम्पन्न भएको छ ।
दाङबाट सुरु भएको यो चलचित्रको २८ दिनमा छायांकन सम्पन्न भएको हो । छायांकन गरेर छायांकन सम्पन्न भएको यसको निर्माण पक्षले जानकारी गराएको छ । यो चलचित्रको बुधवार बेलुका छायांकन सम्पन्न गरिएको हो ।
छायांकन सम्पन्न भएसँगै सन्देश शाहले यो चलचित्रको बिहीबारबाट सम्पादन सुरु गरेका छन् । यो चलचित्रलाई साहित्यकार तथा गीतकार जानकी पन्त (जुन)ले निर्देशन गरेकी छिन् । उनको यो डेब्यु निर्देशन हो ।
यो चलचित्रमा कुमुद पन्तसँगै रिचा थापा, रबिना परियार, विष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकर राज पहाडी, पीताम्बर रिजाल, सचिन भुसाल, रबिन बराइली, किरण मगर पुन, सरस्वती बिके, प्रयुश दत्त सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता कुमुद पन्त लामो समयदेखि बेलायतमा रहँदै आएका छन् । बेलायतमा जानु अघि विभिन्न चलचित्रमा उनले काम गरेका थिए । उनले चलचित्रको नायक बन्नकै लागि त्यति बेला निकै संघर्ष गर्नु परेको थियो । बेलायत गएर पनि नेपाल र नपाली चलचित्र उद्योगमा फेरी जोडिन यो चलचित्र बनाएको कुमुदले बताए ।
चलचित्र कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुँदै छ । यसको निर्मातामा विष्णु पन्त शर्मा आचार्य रहेका छन् । यसको सह निर्मातामा चक्र बहादुर बराल, कार्यकारी निर्मातामा पत्रकार भोला सुबेदी (आर्जे प्रणव) रहेका छन् ।
चलचित्रको छायांकन नेपालका रमणीय स्थान दाङ, पोखरा र काठमाडौँमा गरिएको छ । निर्देशक जानकी पन्त (जुन)का अनुसार यो चलचित्र सत्य कथामा आधारित छ, जसले नेपाली चलचित्रमा नयाँपन र वास्तविकताको स्वाद दिने दाबी निर्देशक पन्तले गरेकी छिन् ।
चलचित्रमा महिला द्वन्द्व निर्देशक किरण दाहालको द्वन्द्व निर्देशन, विपिन आचार्य र ओम सुनारको संगीत, सन्देश शाहको सम्पादन रहको छ । उत्तम प्रसाद अधिकारीको असोसिएट् निर्देशन रहको यस चलचित्रको प्रदर्शन भने आगामी २०८३ सालमा गरिने निर्माण पक्षले जनाएको छ ।






