अनमोलको जेरी अन टप १५० चलचित्र घरमा

काठमाडौं । अभिनेता अनमोल केसीको महत्वकांक्षी चलचित्र ‘जेरी अन टप’ शुक्रवार (आज)बाट मुलुकका करिब १५० वटा चलचित्र घरमा रिलिज हुँदै छ । अघिल्लो चलचित्र ‘फर्की फर्की’ रिलिज भएको डेढ वर्षपछि यो चलचित्र मार्फत अनमोल दर्शकमाझ आउन लागेका हुन् ।

चलचित्रको ’boutमा बुधवार बेलुका पत्रकार भेटघाट आयोजना गर्दै ‘जेरी अन टप’लाई नेपाल सहित अमेरिका र युरोपका विभिन्न देशबाट रिलिज गर्न लागिएको यसका निर्माता सरोज न्यौपानेले बताए । यो प्रेम कथामा आधारित भए पनि पारिवारिक र एड्भान्चरमा आधारित चलचित्र भएको पनि निर्माता न्यौपाने प्रकाश पारे ।

वुवासँगको आपसी प्रतिस्पर्धामा छोराले सगरमाथा नै चढेर देखाउने अठोट गरेपछि त्यो छोराले गरेको संघर्षको कथा यसमा भएको अभिनेता अनमोल केसीले कार्यक्रममा सञ्चारकर्मीलाई जानकारी गराए । आफूले यो चलचित्रमा सगरमाथा आरोहीको भूमिका निर्वाह गर्दा हिमाल आरोहण सम्बन्धी धेरै कुरा सिक्ने र जान्ने अवसर पाएको पनि अनमोलले बताए ।

‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्ने बुढा’, सुरक्षा पन्त, उषा खड्गीलगायतको कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको छायांकन मुस्ताङ, स्याङबोचे, नाम्चे, काठमाडौँ, भारतको राजस्थान स्थित जयपुरलगायतका स्थानमा छायांकन गरिएको छ ।

यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । कलाकारहरूको अभिनयसँगै मनमोहक हिमाली दृश्यले दर्शकको मन जित्ने विश्वास आफूले लिएको यसका निर्देशक गुरुङले पत्रकार भेटघाटका क्रममा बताए । नेपाल हिमाली शृंखलाहरुको देश भएर पनि हिमाल आरोहण सम्बन्धी बल्ल आफूले चलचित्र निर्माण गरेको पनि गुरुङले जिकिर गरे ।

अनन्या फिल्मस् को ब्यानरमा तयार भएको यो चलचित्रलाई काठमाडौँ उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसलका चलचित्र घरमा एफडी कम्पनीले वितरण गरेको छ । चलचित्रको अग्रिम बुकिङ राम्रो भएकाले तिहारको शुभ अवसरमा रिलिज गरिएको ‘जेरी अन टप’ले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै