जेनजीको पहिलो दलः नेतृत्वदेखि एजेन्डासम्म रहस्यम

काठमाडौं । जेनजी आन्दोलनबाट उदाएका युवा मिराज ढुंगानाले ‘दल खोल्ने जानकारी गराउनै’ शनिबार काठमाडौं नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा पत्रकार सम्मेलनको आयोजना गरे ।

आन्दोलनको ‘म्यान्डेट’अनुसार संसद् विघटन गरी जेनजी प्रतिनिधिकै प्रस्तावमा अन्तरिम सरकार गठन गरी नयाँ निर्वाचन घोषणा भएकै बेला जेनजी युवाका तर्फबाट राजनीतिक दल घोषणाको औपचारिक जानकारी गराउने ढुंगाना समूह नै हो ।

ढुंगाना समूहले पत्रकार सम्मेलनमार्फत दल घोषणा तयारी गरेको जानकारी दिएको हो । ‘जेनजीको साझा दल निर्माण तयारी भएको’ बताएका ढुंगानाले पत्रकार सम्मेलनमा ‘दलको विषय’मा भने केही बताएनन् । ‘आफूहरू निर्वाचनमा जाने उद्देश्यका लागिभन्दा पनि शक्ति संगठित गर्न दल खोल्न लागेको’ उनले प्रस्ट पारे ।

आफ्ना ‘बटमलाइन’का रूपमा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभई निर्वाचनमा नजाने’ ढुंगानाले प्रस्ट्याए । ‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापि होइन, यो क्लियर होस्,’ उनले भने, ‘आन्दोलनपछिको हुलमुलमात्रै भएर परिवर्तनकारी शक्तिको क्षयीकरण हुने र देश विकास हु“दैन, शक्ति संगठित गर्न कि त एनजीओ कि राजनीतिक दल नै खोल्नुपर्ने भएकाले दल खोलेर संगठित शक्तिलाई मागमा केन्द्रित गर्ने हाम्रो योजना हो ।’

जेनजी आन्दोलनका विषयमा बोल्दै ढु ंगानाले भने, ‘आन्दोलन जेनजीले आह्वान गरेका हुन्, पहिलो दिन जेनजीमात्रै भए पनि दोस्रो दिन सबै नेपाली आउनुभएको हो, यो पार्टी पनि हाम्रोमात्रै हुने होइन, सबै जनालाई आउनुस् भन्छु, हाम्रो छाता ठूलो छ ।’ ‘जेनजी आन्दोलन एउटा नयाँ क्रान्ति भएको’ दावी गर्दै ढुंगानाले ‘क्रान्तिका उपलब्धि जोगाउन सबै लाग्नुपर्ने’मा समेत जोड दिए । ‘सबै जेनजी समूहलाई संगठित भएर अघि बढ्न’ उनले आग्रहसमेत गरे ।

तयारी भित्रभित्रै
‘जे नजीको साझा पार्टी बनाउने’ बताइरहेका मिराज ढुंगानाले पत्रकार सम्मेलनमा पार्टीको नाम, नेतृत्व, संरचना तथा विस्तृत कार्यक्रम विषयमा भने केही खुलाएनन् । पत्रकार सम्मेलनमा ‘नाम, नेतृत्व आदि’bout प्रश्न सोधिन थाले’पछि उनले भिन्न ढंगले प्रश्न सोध्नेतिर प्रतिक्रिया जनाउँदै ‘चित्त नबुझेको’ जनाए ।

सञ्चारकर्मीमात्र नभई बाहिरी मान्छेसमेतको व्यापक उपस्थितिमा ‘जेनजी आन्दोलनले दिएको सन्देशभन्दा बाहिर गए राम्रो नहुने’ भन्दै ‘केहीले चेतावनी’समेत दिएका छन् । पत्रकार सम्मेलन चल्दैगर्दा सामाजिक सञ्जालमा ‘ढुंगानालाई पार्टीको नाम, नेतृत्व, संरचना, नीति अस्पष्ट राखेर पार्टी स्थापनाको नाममा अस्थिरता फैलाउन खोजेको’ भन्दै टिप्पणी गरिएको थियो । ढुंगानाले ‘महँगो पाँचतारे होटलमा पत्रकार सम्मेलन गरेर राजनीतिक गतिविधिमा अपारदर्शी र आर्थिक प्रभावको दम्भ देखाइएको’ भन्दै टिप्पणीसमेत गरिएको छ ।

पत्रकार सम्मेलन नै गर्दा पनि ‘धेरै कुरा रहस्यमै छोडेको’ भन्दै सोधिएको धेरै प्रश्नमा उनले ‘पार्टी औपचारिक रूपमा सार्वजनिक भएपछि धेरै कुरा स्पष्ट हुने’ भन्दै ‘आफूलाई विश्वास गरेर जोडिन’ आह्वान गरिरहे । आफ्ना न्यूनतम एजेन्डा बटमलाइनमा अडिग रहेको ढुंगानाले पटक पटक दोहो¥याए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी जस्तै विदेशमा रहेका नेपालीलाई मताधिकार दिइनुपर्ने अडान पनि ढुंगानाले लिए । पत्रकार सम्मेलनमा उनले भने, ‘विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनै पर्छ । ३ करोडमा ८० लाखलाई छुट्याएर हुन्छ ?’

शहीद परिवारका सात माग
पत्रकार सम्मेलनछेवैमा शहीद परिवारका तर्फबाट माग राखेर एकजना युवाले सातबुँदे माग अघि सारेका थिए ।

शहीद परिवार इन्द्रजीत साफीले ‘आफूलाई शहीदको आत्मा’ भन्दै कालो कपडा लगाएर अनुहार छोपेर आफ्ना माग रहेको ‘प्लेकार्ड’ बोकेर मागपत्र प्रस्तुत गरे ।

साफी ‘जेनजी आन्दोलनमा गोली चलाउनेमाथि छानबिन कहिले ?’ निःशुल्क शिक्षा, उपचार, रोजगारीको व्यवस्था, प्रत्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीलगायत’ राखेर उनी उभिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 462 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की