जेनजी पुस्तालक्षित चलचित्र बनाउन अग्रजको सुझाव

काठमाडौं । अग्रज कलाकार एवं नाट्यकर्मी हरिहर शर्माले ६ दशक यात्रामा नेपाली चलचित्र उद्योगले निकै ठुलो फड्को मारेको बताएका छन् । एसबी क्रियसनद्वारा शनिबार राजधानीमा आयोजित ‘जेनजी आन्दोलनपछिको चलचित्र, गीतसंगीत एवं मनोरञ्जन क्षेत्रको अवस्था’ विषयक अन्तरक्रियामा उनले यस्तो धारणा राखेका हुन् ।

नेपालमा चलचित्र निर्माण सरकारी क्षेत्रबाट सुरु भए पनि ४० को दशकपछिबाट निजी क्षेत्रले नै उद्योगलाई अघि बढाएको उनले बताए । तर, सरकारी क्षेत्रबाट चलचित्र निर्माण पूर्णरूपमा रोकिएको पनि उनले स्मरण गराए । ‘नेपालजस्तो सानो देशमा वर्षमा सयभन्दा बढी चलचित्र निजी क्षेत्रबाट निर्माण हुनु आफैंमा सह्रानीय कार्य हो,’ उनले भने, ‘वर्तमान परिस्थितिमा नेपाली चलचित्रकर्मीले नयाँ पुस्ता अर्थात् जेनजी पुस्तालाई आकर्षित गर्ने चलचित्र बनाउनुपर्ने अवस्था छ ।’

त्यस्तै, अग्रज अभिनेता एवं नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जेनजी आन्दोलनपछि नेपाली चलचित्रको बजार केही सुस्ताएको बताए । ‘यसपटक दसैंमा तीन नेपाली चलचित्र एकसाथ रिलिज हुँदा पनि राम्रो व्यापार गर्न सकेन,’ उनले भने, ‘मौलिक चलचित्र निर्माणमा लाग्न मेरो सुझाव छ । अबको चलचित्र जेनजी पुस्तालक्षित हुनुपर्छ ।’

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले जेनजी पुस्तामा नेपाली चलचित्र हेर्ने बानी त्यति नभएको सुनाए । उनीहरू हलिउड र कोरियन चलचित्रमा रमाउने गरेको उनको जिकिर छ । ‘अभिभावकले नै आफ्ना छोराछोरीलाई चलचित्र घरसम्म पु¥याएर नेपाली चलचित्र हेर्ने बानी बसाल्नुपर्ने’ उनको सुझाव छ । ‘जेनजी पुस्ताले राजनीतिमा मात्र हैन, चलचित्रमा पनि परिवर्तन चाहेको कुरा अब चलचित्रकर्मीले आत्मसात् गर्नुपर्ने’ पराजुलीको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै