मिर्गौला पीडित गायक निर्मोहीलाई कन्हैया–अञ्जना पुरस्कार

काठमाडौं । मिर्गौला सम्बन्धी समस्यासँग जुधिरहेका अग्रज लोक गायक कमल बि.क. ‘निर्मोही’लाई पुरस्कृत गरिने भएको छ । यस वर्षको ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार– २०८२’ गायक कमल बि.क. ‘निर्मोही’ लाई प्रदान गरिने भएको छ ।

अमेरिकामा बस्दै आएका गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङले केही वर्ष अघि यो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । यो पुरस्कार यसै महिना भित्र प्रदान गरिने भएको छ ।

यो पुरस्कारको रकमले मिर्गौला सम्बन्धी समस्यासँग जुधिरहेका गायक ‘निर्मोही’लाई थोरै भए पनि सहयोग हुने विश्वासका साथ आफूहरूले यो पुरस्कार उनलाई अर्पण गर्न लागेको गायक तथा संगीतकार कन्हैयाले राजधानीलाई बताए । जीवित स्रष्टालाई केही सहयोग पुगोस् भनेर आफूहरूले यो पुरस्कार चार वर्ष यताबाट प्रदान गर्दै आएको पनि कन्हैयाले बताए ।

गायक ‘निर्मोही’ले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरूलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आइरहेका छन् । उनका बुलबुल तालैमा.., आउँ त भने…, मैले भन्थे नी…, सलल बग्ने…, ताने झै माया…, अरू मैले…, बनको फुल फुलेछ…, कठै सानु…, भेरी दोभान…, लाग्यो माया…सहित दर्जनौँ संख्याका गीतहरू लोकप्रिय छन् । गायक कमल बि.क. ‘निर्मोही’ प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै