पहिलो चुम्बन र बेड सिनमा डराएकी थिइन विद्या बालन

मुम्बई । बलिउड अभिनेत्री विद्या बालनले चलचित्र ‘डर्टी पिक्चर’मा प्रस्तुत गरेको ग्लामर दृश्यसँगै चुम्बन र बेड सिनको सामु धेरै अभिनेत्रीहरू पछि परे । दक्षिण भारतीय अभिनेत्री शिल्कको जीवनीमा आधारित यो चलचित्रमा ग्लामर दृश्यसँगै चुम्बन र बेड सिनले दर्शकलाई रोचक रूपमा हलसम्म तानेको थियो ।

तर यिनै अभिनेत्रीले आफ्नो करियरको सुरुवातमा चुम्बन र बेड सिनको दृश्य दिन निकै कठिन भएको बताएकी छिन् । सुरुका चलचित्रमा पहिलो पटक उनको एक जना सह अभिनेतासँग ओठमा गहिरो चुम्बन (टङ किस) नै गर्नु पर्ने थियो । यो दृश्य कसरी पुरा गर्ने भनेर उनी दुई दिन अघिबाटै तनावमा थिइन् ।

सोही क्रममा यो दृश्य छायांकनको लागि क्यामेरा, लाइटसहितको सेट तयार थियो । त्यतिकैमा ती सह अभिनेता विद्यासँग चुम्बन दृश्य गर्न सेटमा आए । सह–अभिनेताले भर्खरै चाइनिज खाना खाएर आएका थिए । उनको मुखबाट कडासँग लसुन र सोया ससको गन्ध आइरहेको थियो ।

चुम्बनको दृश्यको लागि अभ्यासको क्रममै लसुन र सोया ससको गन्धले विद्या बालनलाई साह्रै गाह्रो भयो र उनले ती कलाकारको सासबाट दुर्गन्ध आएको र लसुन एवम् सोया ससको चर्को गन्धले आफूलाई गाह्रो भएको प्रतिक्रिया दिइन् । ती कलाकारले दाँत समेत नमाझेको टिप्पणी उनले गरेपछि ओठको ठाउँमा गालामा चुम्बन गर्ने सहमतिमा चलचित्रका निर्देशक र ती सह अभिनेता पुगे । अन्त्यमा ती कलाकारको सासबाट दुर्गन्ध आएको प्रतिक्रिया दिएपछि अभिनेत्री विद्या बालनले ‘टङ किस’ गर्नु परेन । गालामा चुम्बन गरेर सो दृश्य सम्पन्न भयो । ती सह अभिनेताको नाम भने अभिनेत्री विद्याले बताउन चाहिनन् ।

यस्तै अभिनेत्री विद्याले आफ्नो करियरको पहिलो सहवास (बेड सिन) को दृश्य सन २००५मा चलचित्र ‘परिणीता’मा दिनु परेको थियो । जसमा उनको जोडी सैफअलिसँगै सञ्जय दत्त पनि थिए । विद्याको भनाइमा सो दृश्य सञ्जय दत्तसँग सम्पन्न गर्नको लागि उनी निकै डराएकी थिइन् । उनकी त्यो दृश्यमा सञ्जय दत्त उत्तेजित भएर उनीसँग सहवास गर्नु पर्ने थियो ।

विद्यासँग सो दृश्य सुरु हुन लाग्दा सञ्जय दत्त मुस्कुराउँदै भने, ‘विद्या, म तिमीसँग यो दृश्य गर्नको लागि आफैँ नर्भस छु । अब तिमीले यो दृश्य कसरी गर्ने भने, तिमी उत्तेजित भएर मलाई बेड सिनको लागि उत्प्रेरित गर्नेछौ ।’

सञ्जयको यो कुरा सुनेर, विद्याको डर पूर्ण रूपमा हट्यो । किनकि सो दृश्यमा सञ्जय नर्भस भएको देखिँदै थिए । सञ्जयको सल्लाह अनुसार विद्याले उत्तेजित भएर बेड सिन दिँदा निर्देशकदेखि छायांकर सबैलाई सो दृश्य पुरा गर्न सजिलो त भयो नै । विद्याको भनाइमा उनी सो क्रममा कत्ति पनि नर्भस भइनन् ।

सो दृश्यको छायांकन सकिएपछि, सञ्जय दत्तले विद्याको नजिक गएर कस्तो महसुस भयो त भनेर उनको अवस्थाको ’boutमा सोधेका थिए । त्यति बेला विद्याले रमाइलो लाग्यो भन्दै सञ्जयसँग धन्यवाद स्वरूप अंकमाल गरिन् । सो क्रममा सञ्जयले विद्याको निधारमा मायालु किसिमको चुम्बन सहित धन्यवाद फर्काए ।

आफू त्यो दृश्यबाट सञ्जयको झन् ठुलो फ्यान भएको विद्याले बताएकी छिन् । सञ्जयले आफूलाई सजिलो होस भनेर त्यो जुक्ति लगाएका थिए । सञ्जय दृश्यलाई बुझेर त्यसलाई सहज रूपमा सम्पन्न गर्न र गराउन सक्ने पर्फेक्ट कलाकार भएको पनि विद्या बालनले बताएकी छिन् । यो दृश्यपछि अरू चलचित्रमा चुम्बन र बेड सिन दिनको लागि आफूलाई त्यत्ति गाह्रो नभएको पनि विद्याले बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी