मुम्बई । एकपछि अर्को गर्दै पछिल्लो समय बलिउड गायक सोनु निगम बहिष्कारको सिकार हुँदै आएका छन् । केही महिना दक्षिण भारतमा उनलाई बहिष्कार गरिएको थियो । जसका कारण थुप्रै दक्षिण भारतीय चलचित्रसँगै त्यहाँ हुने कन्सर्टहरू पनि उनको हातबाट खोसिएको थियो ।
गत शनिवार श्रीनगरमा भएको कन्सर्टका कारण गायक सोनु निगम फेरि एक पटक विवादमा छन् । सोनुका विगतका विवादहरू सधैँ समाचारमा रहने भएकाले, कट्टरपन्थीहरूले यस पटक पनि उनको कार्यक्रम बहिष्कार गरे । जसको कारण उनको यो कन्सर्टमा दर्शकहरू विगतको तुलनामा निकै कम आएका थिए ।
तर यस पटक, स्टेजमा सोनुको प्रस्तुतिले उनलाई गाली होइन, ताली दिलायो । यसबाहेक, केही दर्शकले सामाजिक सञ्जालमा उनको बहिष्कारको कुरा पनि उठाए । पछिल्लो समय दक्षिण भारतको मात्र हैन, आठ वर्ष पुरानो विवादलाई पनि केही दर्शकले फेरी सामाजिक सञ्जालमा उठाए । तर त्यसलाई बेबस्ता गर्दै सोनुले यस पटक कन्सर्टमा आफूलाई प्रस्तुत गरे ।
कन्सर्टको क्रममा, सोनुले आफ्नो प्रस्तुति बिचैमा रोकेर दर्शकसँग दुई मिनटको समय माग्दै नजिकै गएर अजान अर्थात् प्रार्थना घरमा प्रार्थना गरे । सो कुरालाई दर्शकले उत्साहपूर्वक तालीले स्वागत गरे । प्रार्थनापछि सोनुले आफ्नो प्रस्तुति जारी राखे, दर्शकहरूलाई मनोरञ्जन लिए । आठ वर्ष अघि उनी अजानलाई वेवास्ता गरेको भन्दै धार्मिक विवादमा परेका थिए ।
यो कन्सर्ट जम्मू कश्मीरको श्रीनगरको डाल ताल नजिकै एसके इन्टरनेशनल कन्फरेन्स सेन्टरमा आयोजना गरिएको थियो । डेक्कन हेराल्डको एक रिपोर्ट अनुसार, बहिष्कारको आह्वानले कार्यक्रमलाई असर ग¥यो। तर पनि सोनुले कार्यक्रमलाई सम्पन्न गरेरै छाडे । अबका दिनमा आफू संयमित भएर कार्यक्रममा प्रस्तुत हुने पनि उनको कथन छ ।











