याङ्जाकोटबाट ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं । तिहार अघि मुहूर्तसँगै काठमाडौँमा थोरै छायांकन गरिएको नेपाली चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’को छायांकन कास्कीको याङ्जाकोटमा सुचारु भएको छ । यो चलचित्रको निर्माण पक्ष मंगलवार नै याङ्जाकोट पुगे पनि पहिलो दिन मौसम खरा भएको थियो । सोही कारण बुधवारबाट चलचित्रको छायांकन अघि बढेको यसका निर्देशक राजु गिरीले राजधानीलाई जानकारी गराए । उषा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायांकन करिब एक महिनामा समापन गर्ने लक्ष्य रहेको निर्देशक गिरीले बताए ।

चलचित्रको छायांकन’bout गिरीले राजधानीसँग भने,‘तिहारअघि हामीले यो चलचित्रको चार दिन काठमाडौँको गागलफेदीमा रहेको एउटा स्टुडियोमा खिचेका थियौँ । अब यो चलचित्रको बाँकी झन्डै नब्बे प्रतिशत दृश्य र गीतको छायांकन समेत याङ्जाकोटमा सम्पन्न गरेर हामी काठमाडौँ फर्कने छौँ’, ग्रामीण परिवेशको कथामा यो चलचित्रको निर्माण गर्नु पर्ने भएकाले चलचित्रको छायांकनको लागि याङ्जाकोट रोजेको पनि निर्देशक गिरीले जानकारी गराए ।

यो चलचित्रमा हास्य कलाकार तथा मोडल सागर लम्साल (बले) मुख्य नायकको रूपमा डल्लेको शीर्ष भूमिकामा छन् । सागरसँगै चलचित्रमा रमेश बुढाथोकी, रोशनी खड्का, हेमन्त बुढाथोकी, रवीन्द्र झा, विनोद न्यौपाने, विशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, ओसिन भट्टराई, लक्ष्मीनाथ तिमिल्सिना, मोहन कृष्ण श्रेष्ठ, रामहरि खड्का, सुचेन्द्र परियारको मुख्य भूमिका रहेको छ । चलचित्रमा आफ्नो पनि केही भूमिका भएको पनि निर्देशक गिरीले बताए ।

श्याम लामाको छायांकन रहेको चलचित्रको लेखकमा लक्ष्मण सुवेदी छन् । सुमन काफ्लेले निर्माण व्यवस्थापन सम्हालेको चलचित्रमा अशोक रोक्काको श्रृंगार, देव महर्जनको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेलेको गीत, संगीत रहेको छ । चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ ०८२ को अन्त्यमा दर्शकमाझ ल्याइने योजना रहेको पनि निर्देशक गिरीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा