मकालु आधार शिविरवाट स्पेनिस नागरिको हेलिकप्टरमार्फत उद्दार

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका –२ स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । प्रतिकूल मौसमका कारण र हिमपातका कारण मकालु –२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभास ( Jesus Martinez Novas) हेलिकप्टर मार्फत उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो ।

मकालु –२ स्थित मकालु आधार शिविरको शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक मार्टिनेज नोभास आइतबार बिहान साढे ८ बजे हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

प्रतिकूल मौसमका कारण र हिमपातका कारण स्पेनिस नागरिक मार्टिनेज नोभासको ६ दिनपछि उद्दार गरिएको छ । मकालु आधार शिविरको करिव पाँच हजार ७ सयको उचाईको शेर्पेनोकोलबाट उद्दार गरिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो ।

स्पेनिस नागरिक मार्टिनेज नोभासकालाई मकालु आधार शिविरबाट हेलिकप्टर मार्फत उद्दार गरेर सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्यामु गाउँपालिका –४ दिङबोचे तर्फ लगिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो ।

लगातारको बर्षा,हिमपात र प्रतिकुल मौसमका कारण मङ्गलबार देखि आधार शिविरको शेर्पेनोकोलमा फसेका थिए । उनको उद्दारका लागि हेलिकप्टर माग गरिरएको भएपनि प्रतिकुल मौसमका कारण उद्दारमा कठिनाई भइरहेको थियो । मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी पर्यटक र करिव ६० जना नेपाली पर्यटक रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको डोजर आतंकबाट त्रसित सुकुम्बासीलाई प्रभु साहको साथ