Thursday, June 4, 2020
Home प्रदेश प्रदेश ३ बल्ल ०.१०८६८ प्रतिशतको कोरोना परीक्षण, कहिले पुग्ला सतप्रतिशत ?

बल्ल ०.१०८६८ प्रतिशतको कोरोना परीक्षण, कहिले पुग्ला सतप्रतिशत ?

कोरोना रोकथाममा सरकारको गफ धेरै, काम अस्तव्यस्त

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) ले देश आक्रान्त छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अलमलमा छ । कहिले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा त कहिले मन्त्रालयको गेटमै पत्रकारलाई प्रवेश गर्न रोक लगाएर अलमल । संक्रमितको संख्या बढ्दै गएको बेला स्वास्थ्य मन्त्रालयको उपलब्धि भनेको नियमित ४ः१५ मा पत्रकार सम्मेलन गर्ने बाहेक केहि नदेखिएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

कोभिड-१९ लाई मध्येनजर गर्दै झण्डै एक दर्जन समिती बने, अनि निर्देशिका, मार्गदर्शन र आदेशहरु पनि । ती निर्देशिका, आदेशहरु अलपत्र जस्तै छन् भने समितिहरु पनि कामबिहिन । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले विभिन्न निर्देशिका, मार्गदर्शन बनाएका छौं । कार्यान्वयन तत्काल निकायले गर्नुपर्छ ।’

अहिले क्वारेन्टाईन खोरमा परिणत भएका छन् । संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो क्वारेन्टाइन । तर, तीनै क्वारेन्टाइनबाट संक्रमित भाग्न थालेका छन् भने क्वारेन्टाइन नै कोरोना जोखिमको ‘हटस्पट’ बनेका छन् । मानौं तपाईलाई आरटीपिसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न मन लाग्यो भने पाउनुहुन्न, सोर्समा हुन्छ कोरोना परीक्षण ।

आइसोलेसनमा व्यक्तिहरुको ज्यान जान थालेको छ । कोभिड १९ संक्रमण बढ्दै जाँदा व्यक्तिहरुमा मानसिक तनाब बढेको छ । अन्य रोगले ग्रसित भएका बिरामीमा रोदन बढेको छ । अस्पताल जान समस्या छ, ओपीडि सेवा बन्द छ । तर, स्वास्थ्य मन्त्रालयको काम निर्देशन दिने बाहेक केहि हुँदैन । न त अनुगमन संयन्त्रले काम गरेको छ । न त स्वास्थ्यमन्त्रीको आँखा आम छट्पटाइरहेका बिरामीमा परेको छ । अस्पतालहरु समेत असुरक्षित बन्दै गएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा बिरामी गएर स्वास्थ्य जाँच गर्ने सुनिश्चितता छैन । त्यहाँ दुई जना संक्रमित आइसोलेसनमा छन् । अन्य अस्पतालहरुको हालत पनि उस्तै । अस्पतालहरुमा बिरामी सहि तरिकाले सुरक्षित भएर आउने वातावरण सृजना गर्न नसक्ने सरकारले कहिले बनाउला कोरोना विशेष अस्पताल । कोभिड १९ जिन पत्ता लगाउने कार्य गर्ने भनियो । तर कहिलेदेखि, कसरी र कहिलेसम्म अत्तोपत्तो छैन । अझ भन्नुपर्दा ठोस जबाफ छैन ।

अनुमति विना स्वास्थ्यका अधिकारीहरुले विदेशमा नेपालका पहिलो संक्रमितको ‘जिन सिक्वेन्सिङ’ अनुसन्धान गरेको गम्भिर आरोप छ । स्वास्थ्य सामाग्रि खरिद प्रकरणको किचलोमा रुमलिएको स्वास्थ्य मन्त्रालयलाई त्यो भन्दामाथि उठेर काम गर्ने फुर्सद कहिले होला ?
स्वास्थ्य मन्त्रालयले दिनहुँ कोभिड १९ जोखिम सम्बन्धि जानकारी गराउँछ । तर, कोभिड १९ संक्रमितको जिल्ला मात्रै भनेर अन्य पहिचान खुलाउँदैन । यसले गर्दा संक्रमण देखिएको पुष्टि हुनासाथ स्वास्थ्यका प्रवक्ताले जिल्लाको नाम मात्रै भन्दा सम्बन्धित जिल्लावासी त्रसित हुने गरेका छन् । पहिचान गर्ने जिम्मा पाएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा समेत खुलेर बोल्न मान्दैन । जसले गर्दा जिल्ला जिल्लामा ‘ट्रेसिङ’ गर्न समस्या भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले भने, ‘हिजो सोमबार दाङका संक्रमित हुन् भन्ने त भयो । तर, स्थायी ठेगाना विस्तृत रुपमा टिपाउनुभएको रहेनछ ।’ सरोकारवालाहरुले यो स्वास्थ्य मन्त्रालयको गम्भीर लापरबाहि भएको बताउँछन् ।

स्वास्थ्यका कर्मचारीहरुको स्थिति विजोग छ । पर्याप्त स्वास्थ्य सामाग्रीको अभावका बिच कर्मचारीहरुले काम गर्नुपर्ने स्थिति छ । एक स्वास्थ्यका कर्मचारीले भने, ‘म कृष्णनगर नाकामा क्वारेन्टाइनमा बसेकाहरुको ज्वरो नाप्दै आएको छु । तर, के गर्नु सरकारले जोखिम भत्ता दिँदैंन रे । मनोबल बढाएकै छैन ।’ जनस्वास्थ्य विज्ञहरुका अनुसार कोभिड १९ रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको बताउँछन् । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले भने, ‘सरकार अझै आरडिटी टेष्टको पछि दौडेको छ । यथाशीघ्र आरटीपिसिआर टेष्ट बढाउनुपर्छ ।’

तथ्याकंमा हेरौं ?
हालसम्म चार सय २ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७ जना निको भएर फर्किएका छन् । १० माघ २०७६ मा पहिलोपटक संक्रमण पुष्टि भएको हो । यसरी हेर्दा नेपालमा संक्रमण देखिएको एक सय १४ दिन बित्यो, दैनिक तीन जनामा । हालसम्म ३७ जना निको भएर घर फर्किएका छन् । आरटीपिसीआर प्रविधिबाट ३२ हजार ६ सय ४ जनाको कोरोना परीक्षण भएको छ । उपत्यका भित्र र अन्य जिल्ला गरी चार सय ५७ जना आइसोलेसनमा उपचाररत छन् । २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । सबै भन्दा उच्च जोखिममा रहेको प्रदेश नम्वर २ र ५ हो ।

संरचना कस्तो छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै ३२ हजार जनशक्ती छ स्वास्थ्य क्षेत्रमा । सरकारी चिकित्सक संघले झण्डै एक हजार दुई सय चिकित्सकहरु नेपालमा कार्यरत रहेको बताउँछ । हाल देशभर २६ हजार ९ सय ३० वटा हस्पिटल बेड छन् । एक हजार पाँच सय ९५ जना आइसीयू बेड रहेका छन् । आठ सय ४० भेन्टिलेटर, तीन हजार ७६ आइसोलेसन बेड रहेका छन् । देशभर ६१ हजार दुइ सय ४५ वटा क्वारेन्टाइन बेड रहेका छन् । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्किका अनुसार एक लाख संक्रमितसम्म नेपालले धान्न सक्ने बताए । उनले जोखिम बढी देखिएका बिरामीलाई अस्पतालमा भर्ना गर्ने र लक्षण नदेखिएकाले घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी सरकार अघि बढेको बताए ।

सरकारले पटक पटक नेपाल संक्रमणको हिसाबले उच्च जोखिममा नरहेको दाबी गर्दै आएपनि दाबी असफल सावित हुँदै गएको छ । केहि दिन अघि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संक्रमणको अति उच्च जोखिममा नेपाल नरहेको राष्ट्रिय सभाको विधायन समितिमा दाबी गरेका थिए । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले समेत नेपालमा जोखिम दर नबढ्ने आँकलन गर्दै आएका थिए । नेपालमा हालसम्म दुइ जनाको मृत्यु भएको छ ।

मृत्युको प्रकृती हेरौं
घटना नम्वर १ः धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भयो । त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन् । तर, श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेको २९ वर्षीया सुत्केरीको भेन्टिलेटरमा राख्ने तयारी भइरहेको समयमा मृत्यु भएको बताइएको छ । अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनको परिवारको रिपोर्ट नेगेटिभ आएको छ ।

घटना नम्वर २ः बाँके नरैनापुर ५ का २५ वर्षका पुरुषको आईतबार कोभिड १९ का कारण मृत्यु भयो । उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार ती युवालाई गत शनिबार राति ज्वरो आउने र झाडापखलाको समस्या देखिएको थियो । उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । उनीसंग सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको स्वास्थ्य सम्वद्ध अधिकारीहरु बताउँछन् । यद्यपी स्वास्थ्य मन्त्रालयले अबदेखि शुल्क तिरेरै आरटीपिसीआर प्रविधि मार्फत् कोरोना परीक्षण गर्ने योजना बनाएको छ । ढिला नगरी यो कार्यलाई अघि बढाउनैपर्छ ।

नेपालमा मृत्युवरण हुने अवस्था सृजना भइसकेको बेला सरकारले ‘लकडाउन’ लम्ब्याउने बाहेक थप उपलब्ध कहिले हाँसिल गर्ला आम नागरिकले प्रश्न तेस्र्याइरहेका छन् । आइसोलेसन, क्वारेन्टाइन नै असुरक्षित हुँदा स्वास्थ्य मन्त्रालय निकम्मा बनेको छ । प्रभावकारी कदम चालेर व्यवस्थित बनाउनुको साटो बेलुकी ४ः१५ मा संक्रमितको संख्या…..थप भनेर उपलव्धि मान्ने काम बन्द गरौं ।

(Visited 61 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

भर्खरै

दैलेखमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

दैलेख । बिहिबारसम्म दैलेखमा कोरोना संक्रमित संख्या १ सय ५ पुगेको छ भने कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लाका ११ वटा स्थानीय...

तस्करलाई सघाएको आरोपमा ४ जना प्रहरी निलम्बन

जनकपुरधाम । प्रहरीको मिलोमतोमा जनकपुरधाम क्षेत्रका तस्करी भइरहेको आरोप लागि रहेको बेला प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । लकडाउनको समयमा...

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

धेरै पढिएका

दैलेखमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

दैलेख । बिहिबारसम्म दैलेखमा कोरोना संक्रमित संख्या १ सय ५ पुगेको छ भने कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लाका ११ वटा स्थानीय...

तस्करलाई सघाएको आरोपमा ४ जना प्रहरी निलम्बन

जनकपुरधाम । प्रहरीको मिलोमतोमा जनकपुरधाम क्षेत्रका तस्करी भइरहेको आरोप लागि रहेको बेला प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । लकडाउनको समयमा...

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

कोरोना संकटबाट बाहिरिन नेपालले ४२ अर्ब ऋण लिने

काठमाडौं । कोभिड १९ को संकटबाट उकास्नका लागि विश्व बैंक र एसियाली विकास बैंकले ऋण सहायता प्रदान गर्ने भएको छ । विश्व बैंकले १२...

ई-पेपर

(Visited 35 times, 1 visits today)