Sunday, June 13, 2021
Home Breaking News किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ, एक फरार

किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ, एक फरार

,

बझाङ । सुस्त मनस्थितिकी दुर्गाथली–४ की एक किशोरी गर्भवती बनाएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् भने अर्का एक फरार रहेका छन् । सोमबार राति आफ्नै घरमा लुकेको अवस्थामा आरोपित मध्येका बसन्त ओली पक्राउ परेका हुन् । गत फागुन १२ मा पीडित किसोरीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकै दिनदेखि उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।

अर्का आरोपित शिक्षक शिवराज जोशी भने अझैं पक्राउ परेका छैनन् । प्रहरीले उनीहरु घर वरिपरि नै घुमिरहँदा पक्राउ गर्न नसेको आरोप लागिरहेका बेला ४ महिनापछि मात्रै शिक्षक ओलीलाई सोमबार राति पक्राउ गरिएको हो ।

अर्का आरोपित शिक्षक जोशीको पनि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकालाई कानुनअनुसार कारबाही हुनुपर्ने र सुरुमा डिएनए चेक गर्नुपर्ने महिलाअधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशीको भनाई छ ।

पीडित किशोरीले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा आफूलाई बाजे पर्ने दुर्गाथली गाँउपालिका–४ थलीचौर माविका शिक्षक शिवराज जोशी र अर्का दाई नाता पर्ने भैरव आधारभूतका शिक्षक बसन्त ओलीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । शिक्षकद्वयले करणी गरेको बारेमा कसैलाई बताएमा मारिदिने डर देखाएकाले लामो समयसम्म भन्न नसकेकी पीडित किशोरीको भनाइ छ ।

आमा र बच्चा अलपत्र
किशोरीले सन्तान जन्माएपछि उनी अहिले अलपत्र अवस्थामा छन् । फागुन ११ गते जिल्लाको सदरमुकाम चैनपुमा रहेको महिला सेफहाउसमा आएकी १९ बर्षिया किशोरीले बैशाख १३ गते जिल्ला अस्पतालमा बच्चा जन्माएकी हुन् । किशोरीबाट छोरा जन्मिएको छ । आमासहित बच्चा अहिले चैनपुरकै महिला सेफहाउसमा सुरक्षित रहेको महिला सेफहाउसकी मनोसामाजिक परामर्सकर्ता सावित्री थापाले बताइन् ।

(Visited 326 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

साताका लोकप्रिय समाचार

जसले हिम्मत हार्न जानेकै छैन

पौरख ललितपुर महालक्ष्मीथान–८ लुभु पुग्दा खेतबारीमै व्यस्त थिए, अमृत विक । कृषिलाई सम्भावना ठान्नेमध्ये एक हुन्, दाङ रक्षाचौरका उनी । कृषि गरेर ऋणमा डुबे तर...

कांग्रेसमा सात युवा नेताको प्रस्तावः वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान

काठमाडौं । नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी,...

५७ जना मन्त्री फेरिँदा पनि छविलालले किन ठाउँ पाएनन् ?

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ पटक मन्त्रीपरिषद बिस्तार गरेका छन् । यस क्रममा ५७ जना भन्दा बढी मन्त्री फेरिएका छन् । तर...

प्रतिनिधिसभा विघटन मुद्दाः फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी...

नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको छ । जोर्डनले नेपालमाथि जितसँगै समूह...

ट्रेन्डिङ

कार दुर्घटनामा परी पत्रकार पाण्डेको निधन

बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी...

लुम्बिनी मेडिकल कलेज बिरामी भर्ना गर्न मान्दैन

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले ज्वरो र रुघाखोकीको बिरामीको उपचारमा संवेदनशिल हुने दाबी गरेपनि व्यवहार भने ठिक उल्टो गरिरहेको छ । माथागढी...

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ पुरुष तथा ३ महिला रहेका...

विषादी परिक्षण गर्ने उपकरण खरिद नगरी बजेट फ्रिज गर्ने खेल

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तरकारी तथा फलफुलमा विषादीको परिक्षण गर्ने मेशिनरी उपकरण खरिद नगरी बजेट फ्रिज गर्ने खेलमा लागेको छ...

आरसिटी र ब्वाइज युनियनबराबर

काठमाडौं । रानी पोखरी कर्नर टिम (आरसीटी) र ब्वाइज युनियन क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा रोमाञ्चक खेल खेल्दै बराबरी अंक बाँडेका छन् ।...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, २४ घण्टामा ४ हजार ९७० संक्रमित

नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ४ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा मङ्गलबारसम्म कोभिड–१९ संक्रमितको संख्या १...

नयाँ चलचित्रमा जोडिए राजेश हमाल

काठमाडौं । आधा दशकदेखि चलचित्रमा अभिनय नगरेका अभिनेता राजेश हमाल चाँडै नयाँ चलचित्रमा देखिने भएका छन् । उनी एउटा नयाँ चलचित्रमा आबद्ध भएका छन्...

रिडी-रुद्धबेनी सडक एक हप्तादेखि अबरुद्ध

गुल्मी । गुल्मीको रिडी–रुद्धबेनी सडकखण्ड एक हप्तादेखि अबरुद्ध भएको छ । असौज ११ गतेदेखि उक्त सडक खण्डको विष्णुपन्जर भन्ने स्थानमा माथिबाट निरन्तर रुपमा खसेको...

पार्टीभित्र गुटमा लाग्नुभन्दा पनि लोकतान्त्रिक चरित्रलाई प्रश्रय दिनुपर्छ : नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोहणका माध्यमबाट नेपालको पहिचानलाई विश्वसामु पु-याउन सक्रिय भूमिका निर्वाह गर्न किर्तिमानी आरोहीहरुलई आग्रह गरेका छन् । नेपाली...

नेकपा स्याङ्जा अध्यक्षकी छोरीको अरिङ्गाल टोकाइले मृत्यु

पोखरा । अरिङ्गालले चिल्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ को छोरीको मृत्यु भएको छ । तिहारको दिन पुतलीबजार नगरपालिका वडा...

महानायक आधिकारिकताको प्रश्न

महानायक को ? भन्ने प्रश्नले एकपटक फेरि नेपाली कलाक्षेत्र तातेको छ । महानायकको तातो प्रश्नले सिंगो नेपाली समाज नै तरंगित बनेको छ । महानायकको...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)