काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिको घर तोडफोडका निम्ति अपिल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम भन्ने अभिमन्यु पाण्डे पक्राउ परेका छन् ।
कास्की प्रहरीका अनुसार पृथ्वीचोकमा रहेको शहीद लखन थापाको सालिक फुटाउनेसँगै व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्ने सम्मको भूमिकामा उनी सक्रिय थिए । प्रहरीले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो ।
पाण्डे पोखरामा सञ्चालित संघर्षशील सहकारीका अध्यक्ष थिए । आफैँ अध्यक्ष भएर संस्थाको रकम अपचलन गरेपछि उनी प्रहरीद्वारा यसअघि नै पक्राउ गरिएका व्यक्ति हुन् । उक्त मुद्दामा पक्राउ परेपछि धरौटीमा छुटेका थिए ।
उनका विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)









