धर्म प्रचार गर्न पूर्वप्रधानमन्त्रीदेखि डलर अर्बपतिसम्मको दुरुपयोग

काठमाडौं । विद्यार्थी भिसामा नेपाल आएर भिसा प्रयोजन बेगरका गतिविधिदेखि चर्च विस्तारसम्मको योजना बनाएका अमेरिकी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले सोमबार उनको विषयमा सामान्य जानकारी सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री तथा विभिन्न पार्टीका प्रभावशाली नेतासँगको सम्बन्ध, तस्बिर र नाम दुरुपयोग भएको जनाएको हो ।

विश्वव्यापी ठगी जालो तथा चर्च विस्तारको अभियानमा संलग्न भएको आशंका गरिएका अमेरिकन नागरिकलाई अध्यागमन विभागले भिसा प्रयोजन दुरुपयोगको आशंकामा पक्राउ गरेको हो । ललितपुरको सानेपामा कलेज र कम्पनी खोलेर ठगी साम्राज्य तथा चर्च विस्तारको मिसन चलाउन खोज्ने ती अमेरिकन नागरिकको व्यक्तिगत विवरण भने गोप्य राखिएको छ ।

५० पटकभन्दा बढी नेपालमा ओहोरदोहोर गरिरहेका शंकास्पद ती अमेरिकी नागरिकलाई अध्यागमन विभागले पछिल्लो एक महिना पछ्याएर पक्राउ गर्न सफल भएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए । पक्राउ परेका अमेरिकी नागरिकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा, कांग्रेसका वर्तमान सभापति गगनकुमार थापादेखि एमालेका सचिव महेश बस्नेतसम्मको परिचय प्रयोग गरेको विभागको अनुसन्धानमा पाइएको छ ।

‘नेपालका प्रधानमन्त्री तथा चर्चित नेताका तस्बिर वेबसाइटमा राखेसँगै विश्वका विभिन्न देशबाट विद्यार्थी आकर्षित गर्न सहज हुने ठानेर प्रयोग गरिएको हुनसक्छ’
– टीकाराम ढकाल प्रवक्ता, अध्यागमन विभाग

पछिल्लो समय नेपालमा अध्ययनका लागि भन्दै विद्यार्थी भिसामा विदेशीहरू भित्र्याएर मानव बेचबिखन, बेश्यावृत्तिदेखि धर्म प्रचार गरिरहेको विभागका यसअघिकै अनुसन्धानमा पाइएको छ । शंकास्पद प्रयोजनका लागि विदेशी युवा युवती नेपाल भित्र्याउन नेपालमा कलेज खोलिएको आशंका गर्दै विभागले अनुसन्धान बढाएको छ । नेपालका प्रधानमन्त्री तथा चर्चित नेताहरूका तस्बिर वेबसाइटमा राखेसँगै विश्वका विभिन्न देशबाट विद्यार्थीहरू आकर्षित गर्न सहज हुने ठानेर प्रयोग गरिएको हुनसक्ने विभागका प्रवक्ता ढकालले बताए ।

पूर्वप्रधानमन्त्री ओली, कांग्रेस सभापति थापालगायतका चर्चित नेतादेखि डलर अर्बपति विनोद चौधरीसम्मको े तस्बिरसहितको परिचय वेबसाइटमा राखी विदेशी विद्यार्थी भित्र्याउने प्रयोजन हुन सक्ने अनुसन्धानमा संलग्नहरूको आशंका छ । विगत ६ देखि ७ महिना अगाडिबाट यस्तो सुरुवात भएको थाहा भएपछि स्थानीयहरूको उजुरीका आधारमा विभागले अनुसन्धानलाई तीव्र बनाएको हो ।

नेपालको पहिलो ‘एमओयु ग्यारेन्टेड क्रिष्टियन कलेज’ भन्दै विदेश जाने ग्यारेन्टी गरेर पैसा संकलन हुने गरेको आशंका गरिएको छ । एनआईकलेज इडीयु डट एनपी नामको वेबसाइटमा चर्चित नेताहरूको तस्बिर राखेर विश्वास दिलाइएको पाइएको छ । ललितपुरको सानेपामा रहेको नेपाल इन्टरनेसनल कलेज (एनआईसी) नामको कलेजको संस्थागत सम्बन्धका आधारमा विद्यार्थी एक्सचेन्ज प्रोग्राममार्फत अमेरिका, क्यानडा, अस्ट्र ेलिया जस्ता देशमा जाने वातावरण बनाउने नाममा रकम उठाइने गरेको बुझिएको छ ।

चर्को शुल्क लिएर विद्यार्थी भर्ना गर्ने र निश्चित अवधि पढेपछि रोजेको देश सहजै जान पाइने भन्दै विद्यार्थी तथा अभिभावकहरू ठगिएको हुनसक्ने सम्भावना देखिएको छ । कलेजले कोरियन स्टडिज, एआई सङ्खटवेयर इन्जिनियरिङ, बिजनेस स्टडिज आदि विषयमा अध्ययन गराउने भन्दै चर्को शुल्क अमेरिकन नागरिकमार्फत डिल गरेर असुल्ने गरेको आशंका गरिएको छ ।

कलेजको वेबसाइटमा लाइब्रेरी, क्याम्पस सर्भिस तथा प्रशासनिक टिम भनेर अन्य प्रतिष्ठित नेपालीको समेत नाम उल्लेख गरेको विभागका प्रवक्ता ढकालले जानकारी दिएका छन् । अमेरिकी नागरिक पक्राउ परेपछि कलेजको डोमेन ‘सस्पेन्ड’ गराइएको देखिएको छ । नेपाल प्रवेश गरेका विदेशी नागरिकहरू भिसा प्रयोजनअनुसार बसे–नबसेको अनुगमन गर्ने क्रममा उनलाई विभागको खोजी सूचीमा राखिएको प्रवक्ता ढकालले बताए ।

‘नक्कली’ सम्वन्धन देखाएर ठगी
नेपालभित्र र बाहिरका विद्यार्थीलाई पढाउने नाममा खोलिएको भनिएको कलेजको सम्बन्धन नै नक्कली भएको आशंका विभागले गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिइएको भनिएको कलेजको सम्बन्धनपत्र उनले देखाउन सकेका छैनन् । एनआई कलेज त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भनेर प्रचार गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ ।

‘अनुसन्धानका क्रममा कलेजले त्यस्तो कुनै कागजात पेस गर्न सकेको छैन, वाणिज्य विषयका लागि सम्बन्धनको निवेदन गरेकोसम्मको कागजात भने पेस भएको र त्यसको अनुसन्धान भइरहेको छ,’ प्रवक्ता ढकालले भने । कलेज तथा नेपाली कम्पनीमा नेपाली नागरिकको पनि साझेदारी रहेको’bout विभागले सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान गरिरहेको ढकालले बताए ।

नेपालमा ५० भन्दा बढी पटक ओहोरदोहोर गरेका यी अमेरिकी नागरिक सुरुमा पर्वतारोहण भनेर ओहोरदोहोर गरे पनि पछिल्ला समयमा व्यापारिक प्रयोजन खुलाएर ओहोरदोहोर र बसोबास गरिरहेका थिए । उनले नेपालमा कमसीड नेपाल प्रालि नामको कम्पनी दर्ता गरेर चलाइरहेको पाइएको छ । यही कम्पनीका नाममा बिजनेस भिसा लिएर ठाउँ–ठाउँमा चर्च स्थापनाका लागि सक्रिय भएको अनुसन्धानका क्रममा खुलेको छ ।

सन् २००८ मा न्यूयोर्कमा ‘यस इन हिम चर्च’ स्थापना गरेर ‘द प्लान्टर’ नामक संस्थामार्फत चर्चहरू प्लान्ट गरेका उनको नेपालका नेताहरूसँगको सम्बन्ध वास्तविक नै भएको वा यत्तिकै नेताहरूको तस्बिर दुरुपयोग गरी नेपाली समाजलाई विश्वस्त बनाएर ठगेको भन्ने विषयमा भने अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

ली विकिपावर्सेशनल चर्चअन्तर्गतको ग्लोबल अलायन्स अफ वल्र्ड प्रेस्विटेरियन चर्च भन्ने संस्थाअन्तर्गत नेपालमा चर्च विस्तार गर्ने अभियान चलाइएको पनि खुलेको छ । सन् २०२१ मा नेपालको नयाँ प्रेस्बिटेरियन परिषद्को अध्यक्षको रूपमा समेत रहेको पाइएको छ । ‘द प्लान्टर’ कोरियन मिसनरी संस्थामार्फत नेपालमा कोरियन भाषा विद्यालय खोल्ने घोषणा गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 710 times, 1 visits today)

epaper

ताजा समाचार

कपिलवस्तु–१ : एमाले–कांग्रेस आमनेसामने, 'नयाँ'को दबाब