रौतहटको चन्द्रपुर र गुजरा नगरपालिकामा परिवर्तन परियोजना संचालन

रौतहट । रौतहटको चन्द्रपुर र गुजरा नगरपालिकाका बिपन्न तथा दलित परिवारहरुको आर्थिकस्तर बिकाश गर्ने उद्देश्यले परिर्वतन परियोजना संचालन हुने भएको छ । अष्टेलियन एड,आड्रा अष्टेलिया तथा आड्रा नेपालको आर्थिक सहयोगमा र ग्रामिण विकास केन्द्र (आरडिसी) नेपालद्वारा सञ्चालन हुन लागेको परिवर्तन परियोजना अन्तर्गत चन्द्रपुर नगरपालिका र गुजरा नगरपालिकामा पालिकास्तरीय शुभारम्भ बैठकहरु सम्पन्न भएको छ ।

पाँच वर्ष अवधिका लागि सञ्चालन हुने यस परियोजना चन्द्रपुर र गुजरा नगरपालिकाका साना किसान तथा कमजोर वर्गका समुदायलाई लक्षित गरी दिगो आर्थिक वृद्धि, जलवायु अनुकुलन कृषि प्रबिधि, सहज बजार तथा वित्तीय पहुँच, सुशासन, लैङ्गिक समानता र सामाजिक समावेशीतामा विशेष केन्द्रित रहनेछ।

गत कार्तिक २२ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुमा आयोजित शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख जयमाला चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी तथा सरोकारवालाको सक्रिय उपस्थितिमा परियोजनाका उद्देश्य, लक्ष्य, कार्यान्वयन प्रक्रिया, बजेट विनियोजन तथा परिणाममुखी गतिविधिहरू’bout विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा सरोकारवालाहरुले परियोजनाको संचालन र प्रभाबकारिता ’bout जिज्ञासा समेत राखेका थिए ।

उपप्रमुख चौधरीले यस परियोजनाले नगरपालिकाका बिपन्न तथा गरिब परिवारको आर्थिक स्तरमा बृद्धि तथा स्वरोजगारलाइ प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेकी थिइन । यस परियोजनालाई सफल बनाउनको लागि नगरपालिकाबाट आवश्यक सहकार्य, समन्वय र साथ निरन्तर रहने समेत उनले प्रतिबद्धता जनाएकी छन् । बैठकमा वार्ड अध्यक्षहरु बोधनाथ देबकोटा,सहदेब केसी,निलहरी कोइराला,टंकेश्वर चौधरी,नपाका बिभिन्न शाखाका प्रमुखहरु लगायतले आ आफनो धारणा राखेका थिए ।

गुजरा नगरपालिकामा कार्तिक २८ गते आयोजित शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख रत्न लामा, प्रमुख प्रशासकीय अधिकृत शान्ति बिक, वडा अध्यक्षहरू, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उपप्रमुख लामाले परियोजना सुरु देखिनै समुदाय–केन्द्रित रहने जनाएको बताउँदै यसले स्थानीय समुदायको जीविकोपार्जन, कृषि उत्पादनशीलता र उद्यमशील क्षमतामा ठोस सुधार ल्याउने आशा व्यक्त गरेकी छन् । आड्रा नेपालका टिम लिडर कबिर रत्न स्थापितले आड्रा नेपालले देशभर गरेका समुदाय–उत्थानशील गतिविधि’bout समग्र जानकारी दिँदै परिवर्तन परियोजनाबाट उल्लेखनीय परिणाम आउनेमा विश्वास व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा त्यसैगरी ग्रामिण बिकाश केन्द्र (आरडिसी) नेपालका कार्यकारी निर्देशक आशिष सिंह राजपुतले परियोजनाले निर्धारण गरेका लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि संस्थागत रूपमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

परियोजनाका मुख्य उद्देश्य साना किसान तथा विपन्न वर्गका परिवारहरूको दिगो आर्थिक उत्थानमा केन्द्रित रहने कार्यकारी निर्देशक सिंहले जानकारी दिएका छन् ।

परिवर्तन परियोजनाले जलवायु परिवर्तनसँग अनुकूलन हुने कृषि प्रविधि, उत्पादन वृद्धि तथा आय स्रोत विस्तारमा जोड दिँदै समुदायलाई जलवायु–सहनशील बनाउने लक्ष्य राखेको परियोजनाका कार्यक्रम संयोजक प्रशान्त रिजालले बताए । किसानको बजार पहुँच तथा वित्तीय सेवामा सहजता प्रदान गर्दै आर्थिक पहुँच विस्तार गर्नु, स्थानीय सरकारको योजना निर्माण र कार्यान्वयन क्षमता अभिवृद्धि गरी सुशासन सुदृढ बनाउनु, र लैङ्गिक समानता तथा सामाजिक समावेशितालाई विकासका सबै पक्षमा मुख्य धार बनाउनु परियोजनाका प्रमुख उद्देश्य रहेको कार्यक्रम संयोजक रिजालले जानकारी दिएका छन् ।

कृषि व्यवसायमार्फत विपन्न वर्गको जीवनस्तर सुधार, दिगो सामुदायिक संरचना विकास, तथा समग्र समुदायलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने दीर्घकालीन लक्ष्य परियोजनाले अघि बढाएको उनले बताए ।

उक्त दुवै बैठकमा सहभागीहरूले परियोजनाको दिगोपन, स्थानीय तहको स्वामित्व, तथा समुदाय र संस्थाहरूको भूमिका’bout विस्तृत छलफल गरे। परियोजना प्रभावकारी बनाउन सबै तहबाट सक्रिय सहभागिता आवश्यक रहेको र दीर्घकालीन प्रभावका लागि समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालिएको समेत कार्यक्रम संयोजक रिजालले जानकारी दिएका छन् ।

बैठक ग्रामिण बिकाश केन्द्र (आरडिसी) नेपालकी उपाध्यक्ष कुमारी ममता झाको अधक्ष्यतामा सम्पन्न भएको थियो । बैठकमा उपाध्यक्ष झाले पिछडिएका तथा बिपन्न परिवारको आर्थिक स्तर सुधारको लागि आरडिसी नेपालले बिगत लामो समयदेखि काम गर्दै आएको बताएका छन् ।

बिपन्न परिवारलाइ स्वरोजगारमुलक बनाउने र खास गरी महिलाहरुलाई आत्मनिर्भर बनाउने अभियान अन्र्तरगत यो परियोजनाको मुख्य लक्ष्य रहेको समेत उपाध्यक्ष झाले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

भाडामा लिएको गोदामबाट मलखाद्यको कालोबजारी