पर्सामा उत्साहजनक मतदाता नामावली संकलन

वीरगन्ज । आगामी फागुन २१ गते हुने भनिएको निर्वाचन नेपालका केही राजनीतिक दलहरुलाई अझै बिश्वास लागेको छैन । जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार र यहाँका ठूला राजनीतिक दलका बीचमा अझै खुलेर सम्वाद हुन नसक्दा अन्यौलता कायमै छ । तर पर्साका ११ हजार ९५ जना नागरिक भने निर्वाचन भइहाले आफू नछुटियोस् भनी मतदाताको लिष्टमा समेटिन पुगेको तथ्य फेला परेको छ । निर्वाचनमा सहभागी हुन चाहने नागरिकको उक्त संख्या उत्साहजनक दर्ता भएको निर्वाचन कार्यालय पर्साले जनाएको हो ।

गएको असोज १० गतेदेखि कार्तिक २८ गतेसम्म पर्सामा जेनजी मात्र नभई साठी वर्ष माथिका पनि केही पर्सेली नागरिक मतदाता नामावलीको लिष्टमा समेटिएको निर्वाचन कार्यालय पर्साका निर्वाचन व्यवस्थापन फोकल पर्शन अरुन कुमार ठाकुरले बताए । तथापि स्थानीय केही वडाध्यक्ष र मतदाता पनि खुद शिक्षित नहुँदा उक्त संख्यामध्ये १ हजार ५ सय जति डबल दर्ज हुन आएको अनुमान निर्वाचन कार्यालयको रहेको उनको तर्क छ ।

पर्सामा साविकको निर्वाचनमा कुल ३ लाख ५२ हजार ४ सय ८४ जना मतदाता थिए । ११ हजार ९५ जना अहिले थप भइसकेका छन् । तथापि यसमा करिब डेड हजार जति संख्या कुल तथ्याँकमा घट्न सक्ने उनको तर्क छ । कारण साठी वर्ष माथिका ज्येष्ठ नागरिक पनि पुनः फोटो सहितको नाम दर्तामा सहभागी भएको भेटिएको छ । पहिले दर्ज भएका उहाँहरु नयाँ दर्ज हुन आउने संख्यामा पनि पर्नुहुन्छ । एउटै व्यक्तिको डबल नाम नहुने हुँदा पुनः नाम प्रशोधन गर्दा स्वभाविक रुपमा जेनजी समूहसँगै दर्ज हुन आउने केही संख्या कम हुने फोकल पर्शन ठाकुरले तर्क गरे ।

गएको निर्वाचनमा १ लाख ९८ हजार ८ सय ८ जना पुरुष र १ लाख ५३ हजार ६ सय ६१ महिला तथा १५ जना अन्य गरी कुल ३ लाख ५२ हजार ४ सय ८४ जना पर्सामा मतदाता थिए । नयाँ मतदाताका रुपमा ६ हजार ३ सय २६ पुरुष र ४ हजार ७ सय ६९ जना महिला थप हुँदै छन् । यसरी हेर्दा कुल ३ लाख ६३ हजार ५ सय ७९ जना मतदाता संख्या हुन आउँछ । तर ठोस मतदाता यति नै हो भनी एकिन तथ्याँक भन्न अलि नसकिने निर्वाचन कार्यालय पर्साको प्रमुख अनामिका रौनियारले बताइन् । कुल नामलिष्टमा केही भेरिफिकेशन गर्न बाँकी छ । सो नाम भिडाउने कार्य पनि सकिएपछि चाही ठोस संख्या भन्न सकिने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

भाडामा लिएको गोदामबाट मलखाद्यको कालोबजारी