नेपाली सेनाका चिकित्सकलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाली सेनामा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले गत शनिबार ती चिकित्सकलाई संक्रमण भएको पुष्टि गरे ।

नेपाली सेनाका ती चिकित्सक संक्रमण पुष्टि हुनुभन्दा १० दिन अगाडि सीन्धुली पुगेका थिए । हाल शशस्त्र प्रहरी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनी को कोसंग सम्पर्कमा थिए ट्रेसिङ कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । यसअघि मंगलबार एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत चिकित्सकलाई कोभिड १९ संक्रमण पुष्टि भएको थियो । हालसम्म दुइ चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

सहमतिका लागि अछाम २ मा कांग्रेसको सहजीकरण समिति