वक्तृत्वकलामा प्रेम प्रथम


बाजुरा(मार्तडी) । शिक्षाको रुपान्तरणमा युवाको भूमिका बिषयमा जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीतामा प्रेम नेपली प्रथम भएका छन् । सदरमुकाम मार्तडीमा सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा ११ जनालाई पछि पार्दै उनी प्रथम भएका हुन् । प्रतियोगिता बाजुरा सदरमुकाम मार्तडीमा सम्मन्न भएको हो ।


प्रतियोगिता बडिमालिका नगरपालिकाको आयोजनामा र युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा सञ्चालन गरिएको थियो । “शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयक” प्रतियोगितामा जिल्लाभरिका १२ जना युवाले भागलिएका थिए । प्रतियोगीमध्ये बडिमालिका नगरपालिका वडा नम्बर ९, का प्रेम नेपाली प्रथम, बडीमालिका नगरपालिका वडा नम्बर ६, का मनबहादुर खड्का द्धितिय र स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर २, का अर्जुन नेपाली तृतीय भएका छ्न ।


क्रमश: प्रथमलाई ५ हजार ५ सय ५५ रुपैँया, द्धतियलाई ३ हजार ३ सय ३३ रुपैँया र तृतियलाई २ हजार २ सय २२ रुपैँया पुरस्कार दिईएको बडीमालिका नगरपालिकाका शिक्षा शाखा प्रमुख रंगमल विकले बताए । जिल्लाबाट छनौट भएर गएपछि प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागि गराईने शाखा प्रमुख विकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट काठमाडाैंकाे मेयरमा केशब स्थापित, उपमेयरमा सुनिता डंगाेल