पाख्रिबासमा हाईस दुर्घटना : एक जनाको मृत्यु, १४ जना घाइते

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–५ भैँसेस्थित मध्यपहाडी लोकमार्गमा भएको यात्रुबाहक हाईस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शुक्रबार बिहान काठमाडाैंबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी हाईस अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएकी संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीय सावित्रा कालाखेतीको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि अन्य १४ यात्रु घाइते भएका छन्। जसमा चालक दिपेन्द्र बुढाथोकी सहित ३ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जनाको अवस्था सामान्य रहेको छ। गम्भीर घाइतेको धनकुटामा उपचार हुन नसकी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ भने अन्य ११ जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना भएपछि ईलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल धनकुटा पठाएको थियो। दुर्घटनाको कारण’bout अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाख्रिबासका इन्चार्ज नारायण प्रसाद भट्टराईले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई