पाल्पाका ५ जना उद्यमीहरू पुरस्कृत

पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका ५ जना उद्यमीहरूलाई उत्कृष्ट उद्यमी सम्मान तथा पुरस्कृत सम्मान गरेको छ । एघारौ राष्ट्रिय उद्योग दिवस २०८२ को अवसरमा उनिहरूलाई सम्मान गरिएको हो ।

चिनारी बहुउद्देशीय एग्रिकचरल फार्मका सञ्चालक रुक वीर रेश्मी, सावित्री फूड्र्स प्रोड्क्सका सञ्चालक कृष्ण प्रसाद खनाल, सरस्वती ढाका कपडा उद्योगका सञ्चालक हरि रायमाझी, न्यू राना ढाका कपडा उद्योगका सञ्चालक फनिसरा गाहा र देउराली ढाका कपडा उद्योगका सञ्चालक दुर्गा बहादुर सारुलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले उद्यमीहरूलाई जनही १५ हजार नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गर्नु भएको थियो । २०८२ कार्तिक १९ मा सूचना प्रकाशन गरी जिल्ला भित्र उद्योग सञ्चालन गरी स्वरोजगार हुने र रोजगारी सिर्जना गर्ने उद्यमीहरुसँग आवेदन माग गरिएको थियो ।

आवेदन दिएका १५ जना मध्येबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने ५ जना उद्यमीहरुलाई सम्मान गरिएको कार्यालय प्रमुख वरिष्ठ उद्योग अधिकृत केशव सुनारले बताए । सम्मान कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख सूर्य प्रसाद अर्याल, राजनीतिक दलका प्रतिनिधि, उद्योग व्यवासायीका अध्यक्ष र पत्रकार लगायतले उद्यमी सम्मानले स्वदेशमै रोजगारी सिर्जनाका गतिविधिमा सम्लग्नलाई प्रोसाहन हुने जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

epaper

ताजा समाचार

भोजपुरमा उद्योग दर्ता वर्षेनी घट्दो, खारेजी बढ्दो