धनगढी । कैलालीको धनगढीमा जेन्जी युवा र नेकपा .एमाले) को युवा राष्ट्रिय युवा संघ नेपालबीच झडप भएको छ । एमालेको बस्नेत राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीद्वारा बुधबार सुदूरपश्चिम प्रदेश स्तरिय युवा जागरण अभियान धनगढीमा हुने कार्यक्रममा एमाले नेता महेश बस्नेत आउँदा जेन्जी युवा बिरोधमा सडकमा निस्केका थिए ।
२० जना जतिको समुहमा रहेका जेन्जीले बस्नेतको विरोधमा प्रदर्शन गरेपछि झडप हुन पुगेको थियो । युवा संघका कार्यकर्ताले जेन्जी युवामाथि आक्रमण भएपछि तनाव भएको हो ।
बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थल कैलाली उद्योग वाणिज्य संघको हलमा लग्ने क्रममा जेन्जी मार्गनजिक युवाहरुले प्रदर्शन गरिरहेका थिए । जेन्जीको प्रदर्शनस्थलमा मोटरसाइकल ¥याली रोकेर युवा संघका कार्यकर्ताहरुले आफूमाथि आक्रमण गरेको जेन्जी युवाले बताए ।
प्रहरीको सुरक्षा घेरा तोड्दै जेन्जीमाथि आक्रमण गरिएको उनीहरुले बताए । सो क्रममा सो क्रममा धनगढी ४ की जेन्जी अगुवा सरिता जोशीसंगै केहि युवाहरु घाइते भएका छन् । जोशीको हातमा चोट लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ । जेन्जीहरुले गुण्डुको गुण्डा गो ब्याक, जेन्जीको रगत माथी खेलवाड गर्न पाईदैनजस्ता नारा लेखेर प्ले कार्डसहित सडकमा बिरोध प्रदर्शन गरिरहेका थिए । बस्नेत युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न धनगढी आएका हुन् ।
सम्बन्धित समाचार
सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस
सुदूरपश्चिममा ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए
महेश बस्नेतविरुद्ध धनगढीमा विरोध प्रदर्शन
सामाजिक सञ्जाल नियमनमा गृहमन्त्रीले थाले छलफल
सफा, हरियो, उज्यालो र सुरक्षित धनगढीका लागि साइकल र्यालीको आयोजना (फोटोफिचरसहित)
मधेश प्रदेशको मुख्यमन्त्रीको राजीनामा माग्दै टायर बालेर प्रदर्शन
प्रतिनिधिसभा निर्वाचन तालिका सार्वजनिक
प्रधानमन्त्री निरन्तर निर्वाचनलक्षित संवादमा





