सफा, हरियो, उज्यालो र सुरक्षित धनगढीका लागि साइकल र्‍यालीको आयोजना (फोटोफिचरसहित)

धनगढी । कैलाली धनगढीमा साइकल र्‍यालीको आयोजना गरिएको छ । साइकल र्‍याली शनिबार बिहान आयोजना गरिएको हो ।

‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ भन्ने उद्घोष तथा धनगढीलाई सफा, हरियो, उज्यालो र सुरक्षीत बनाउनका लागि साइकल र्‍यालीको आयोजना गरिएको उपमहानरपालिकाले जनाएको छ ।

‘सफा, हरियो, उज्यालो र सुरक्षित धनगढीका लागि साइकल र्‍याली’ भन्ने नारासहित आयोजना गरिएको सो र्‍याली ट्राफिक चौराह–मेनरोड हुँदै गुरही चोकबाट जेन्जी मार्गमा कोणसभा गरेर समापन भएको थियो ।

धनगढी उपमहानगरपालिका तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), नेपाल अन्तर्गतको ग्रीन ट्रान्जेसन पोर्टफोलियोद्वारा आयोजना गरिएको साइकल र्‍यालीमा धनगढी नगरप्रमुख गोपाल हमालसहित विभिन्न संघसंस्था तथा सर्वसाधारणको उपस्थिति रहेको थियोे ।

धनगढी उपममहानगरपालिकाले यहाँका छ लेन सडक, मुख्यसडक, सहीदगेट क्याम्पसरोडलायतका सडकमा छुटै साइकल लेन निर्माण गरेको छ । यसले गर्दा साइकल यात्रुलाई सहज हुनुकासाथै दुर्घटनाको जोखिम पनि घटेको बताइएको छ ।

त्यस्तै, शुक्रबार ‘ग्रीन, क्लिन, ब्राइट एण्ड सेभ धनगढी’ सम्बन्धि नगर स्तरीय आधारभूत र माध्यमिक तहको चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो ।

सो चित्रकला प्रतियोगितामा एक सय २८ विद्यार्थीको सहभागिता रहेको थियो । साइकल र्‍याली पश्चात् चित्रकला प्रतियोगितामा प्रथम र दोस्रो हुनेहरुलाई प्रमाणपत्र र ट्रफीसहित पुरूस्कार पनि वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर