बस दुर्घटनाका घाइते चालकको उपचारका क्रममा मृत्यु

धनकुटा । गत आइतबार धनकुटामा विद्यालय बस दुर्घटना हुँदा गम्भीर घाइते भएका बस चालकको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा सुनसरीको रामधुनीबाट तेह्रथुमको तीनजुरेसम्मको शैक्षिक भ्रमण सकेर फर्कदै गरेको को १ ख ५३१३ नम्बरको बस अनियन्त्रित भई सडक डिलमा पल्टेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बसचालक सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ झुम्का घर भएका ६० वर्षिय भुवन चौधरीको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

सुनसरीको रामधुनी–५ पिङ्क लोटस इङलिस स्कुलको बस दुर्घटना हुँदा बसचालक सहित २९ जना घाइते भएका थिए। घाइते हुने अन्य विद्यार्थी रहेकोमा उनीहरुको धनकुटा अस्पतालमा उपचार पछि केही घर फर्किएका छन् भने केहीको तराईका अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेहरु भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। बसमा २२ छात्रा र १४ छात्र गरी ३६ विद्यार्थी, ३ जना शिक्षक र चालक तथा सहचालक गरी ४१ जना सवार रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैचामा द एम्पेरर अफ डान्स नेपाल च्याम्पियनसिप–२०८२ को ग्रान्ड फिनाली हुने