काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् ।
प्रधानमन्त्रीले आगामी निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेकी हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।
माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको अवस्थामा प्रधानमन्त्री कार्कीले तयारीको प्रगति, आवश्यक समन्वय र चुनौती’bout सम्बद्ध पक्षसँग प्रत्यक्ष संवाद गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका पदाधिकारी, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख र सरकारका उच्च अधिकारीहरू सहभागी रहनेछन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी विषयक यस्तो उच्चस्तरीय सर्वपक्षीय छलफल पहिलो पटक आह्वान गरेकी हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)








