नेपाली झण्डा बाेकेर लिपुलेक हिँडेका आठ जना पक्राउ

सांकेतिक तस्वीर

  दार्चुला । भारतद्वारा अतिक्रमित भूमि लिपुलेक जान हिँडेका नेत्रविक्रम चन्द समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका उनीहरुलाई व्यास गाउँपालिका– २ दुम्लिङबाट पक्राउ गरिएको हो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको सीमा क्षेत्र समेटेर सरकारले नक्सा सार्वजनिक गरेको अवस्थामा उनीहरु झण्डा बोकेर लिपुलेक हिँडेका थिए । उनीहरुलाई व्यासका स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए।

उनीहरु चन्द समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम खलङ्गा ल्याइरहेको विष्टले बताए । प्रहरीले लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउद, दीपक साउद र जनकसिंह साउदलाई नियन्त्रणमा लिएको छ । जीवन यसअघि पनि कालापानी जान भन्दै सदरमुकाम खलङ्गामा प्रचा वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका थिए । बन्दाबन्दीको अवस्थामा उनीहरु लुकेर व्यासको दुम्लिङ पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को