एमाले ११औं महाधिवेशनः ओली र पोखरेललाई महासचिव टुंगो लगाउन सकस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन शनिबार (भोलि)देखि सुरु हुँदै छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने घोषणा गरिए पनि महासचिवको टुंगो लगाउन दुवै नेतालाई सकस परेको छ ।

अध्यक्षपछिको शक्तिशाली पद मानिएको महासचिव पदको उम्मेदवार हुन नेताहरूको दौडधुप बढेको छ । तर, अध्यक्षका प्रतिस्पर्धी ओली र पोखरेल महासचिवमा कसलाई उम्मेदवार बनाउने भन्ने ’boutमा टुंगोमा पुग्न सकेका छैनन् ।

तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका ओली समूहबाट महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले दाबी गरेका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण बिष्ट, योगेश भट्टराई महासचिव पदका लागि दौडधुपमा रहेका छन् । विष्ट र भट्टराईले महासचिव बन्ने लबिइङ गर्दैगर्दा पाण्डे भने मौन बसेका छन् । पाण्डे पोखरेल समूहको सहमतिमै महासचिव बन्ने र अरू नेताको चित्त दुखाउने काम नगर्ने निष्कर्षमा पुगेका छन् ।

ओली समूहमा रहेका पृथ्वीसुब्बा गुरुङले ओली समूहबाटै महासचिव नपाएर पोखरेल समूहमा समाहित भएको अवस्थामा पाण्डे, विष्ट र भट्टराईले उनलाई नै महासचिव स्वीकार गरेर अन्य पदमा बस्न तयार रहेको बताइन्छ ।

अध्यक्ष पदबाहेक अन्य पदमा आफ्नो समूहबाट ककसलाई उम्मेदवार बनाउने ’boutमा ओली र पोखरेल दुवै समूह आन्तरिक छलफलमै छ । ओली समूहले आफ्ना नेतालाई रोक्न खोजिरहेका बेला पोखरेल समूहले ओली समूहका नेतालाई विभिन्न पदको ‘अफर’गर्दै आफ्नो तर्फ तान्ने प्रयास गरिरहेको छ ।

तयारी अन्तिम चरणमा
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १३ समिति गठन गरेर तयारी थालेको उनले बताए ।

बुधबार बिहानैदेखि पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा नेता तथा प्रतिनिधिको चहलपहल बढेको छ । नेता तथा कार्यकर्ता एकआपसमा महाधिवेशनको नेतृत्व’bout छलफलमा समेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता दिनभरि नै भरिभराउ देखिन्छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले तीन–चार दिनदेखि पार्टी कार्यालयमा भीडभाड बढेको बताए ।

महाधिवेशनमा सहभागी हुने करिब ७५ प्रतिशतभन्दा बढी प्रतिनिधि काठमाडौं आइसकेका छन् । यसैबीच, शुक्रबार (आज) एमाले सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख गौतमले जनाएका छन् । ।

एमालेका संगठन विभाग एवं प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले एमालेको ११औं महाधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधि २ हजार ५ सय ७१ रहेको जनाएका छन् । उद्घाटनसत्र भक्तपुरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । अहिलेको मौजुदा विधानमा हेरफेर नभए महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

फेरि अध्यक्ष हुनसक्छुः ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औं महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।

उनले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रहसमेत गरेका छन् ।

ओलीले एमाले लामो इतिहास भएको पार्टीका रूपमा रहेको बताउँदै यो जनचाहनाअनुसार चल्ने पार्टी भएकाले यसले देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको उल्लेख गरे ।

उनले एमालेलाई सिध्यायौं भन्नेहरूले एमाले हैसियत हेर्न २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनको उद्घाटनसत्रमा आउन आग्रहसमेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता