दुई सय असक्तले चिसोबाट जोगिन पाए कम्बल

सप्तरी । चिसो बढेसँगै शारिरीक रुपमा असक्त भई कष्टकर जिवन बिताउन बाध्य दुूई सय जनाले शुक्रबार ब्ल्याङकेट (कम्बल) प्राप्त गरेका छन् ।

३४औं अन्तराष्ट्रिय अपाङगता दिवसको अवसर पारेर सुरुङ्गा नगरपालिकाको सहयोगमा अपाङ्ग संघ सप्तरीले आयोजना गरेको कार्यक्रममा सो पालिकाका ५० तथा सोही संस्थाले खडक नगरपालिकामा आयोजना गरेको कार्यक्रममा १ सय ५० जना शारिरीक अपाङ्गता भएका व्यक्तिले चिसो छल्न राहत स्वरुप कम्बल प्राप्त गरेका छन् ।

यसरी कम्बल प्राप्त गर्नेहरुमा शारिरीक रुपमा असक्त भएका, बालबालिका, युवायुवती र बृद्धबृद्धासम्म छन् । चिसो मौसमको सुरुवातसँगै शुक्रबार जिल्लामा अत्याधिक चिसो देखिएको छ ।

आयोजक संस्थाका अध्यक्ष बिरेन्द्र कुमार चौधरीको अध्यक्षतमा आयोजित कार्यक्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चौधरीले शुक्रबारदेखी एकासी चिसो बढ्दा विशेष गरि विपन्न परिवारका अपाङ्गहरु समस्यामा परेको खबर आएपछी संस्थासँगको समन्वयमा सूची तयार गरि कम्बल बितरण गर्न थालिएको बताइन् ।

उनले चिसोबाट कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यका साथ पालिकाले श्रोत साधानले भ्याएसम्म विपद् व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

आयोजक संस्थाका अध्यक्ष चौधरीले शारीरिक रुपमा असक्त भई हिड्डुल गर्न तथा कठिन श्रम गर्ने अवसरबाट बञ्चित भई आर्थिक समस्यामा परेका व्यक्तिको जिवनयापन सहज बनाउन संस्थाले बेला बेलामा सहयोग जुटाई यस्ता समाजसेवा कार्य गरिरहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विकास सुनुवार, वडाअध्यक्ष दिलाराम चौधरी, प्रधानाध्यापक सूर्य नारायण चौधरी, समाजसेवी प्रमोद चौधरी लगायतले पनि शारिरीक अपाङ्गता भएका व्यक्तिलाई कम्बल बितरण गरेका थिए ।

शुक्रबार नै सो संस्थाले खडक नगरपालिकामा पनि एक कार्यक्रमको आयोजना गरि १ सय ५० जना असक्तहरुलाई कम्बल बितरण गरेका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका पूर्वमन्त्री तेजुलाल चौधरीले शारीरिक रुपमा असक्त भएका व्यक्तिहरुलाई चिसो छल्न कम्बल बितरण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

दुई सय असक्तले चिसोबाट जोगिन पाए कम्बल