एमाले पदाधिकारीमा सुदूरपश्चिमबाट लेखराज मात्रै

धनगढी । नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय पदाधिकारीमा एक जनाको सहभागिता रहेको छ । यो प्रदेशबाट केन्द्रीय पदाधिकारीमा लेखराज भट्टको मात्र सहभागिता रहेको हो ।

यसअघि १० औँ महाधिवेशनमा पनि केन्द्रीय पदाधिकारीमा सचिव रहेका भट्ट मात्रै थिए । यसपटक पनि उनी नै दोहरिएका हुन् । हालै सम्पन्न ११ औँ महाधिवेशनबाट भट्ट उपमहासचिवमा विजयी भएका हुन् ।

यसपटक केन्द्रीय पदाधिकारीमा कुनै समय अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने कर्णबहादुर थापा पनि निर्वाचन लडेका थिए । तर, सचिव पदमा उनी पराजित भएका छन् । उनी केन्द्रीय सदस्यमा भने विजयी भएका छन् ।

यस्तै, एमालेको केन्द्रीय सदस्यमा भने सुदूरपश्चिमबाट दर्जन बढी नेताले जित निकालेका छन् । खुला केन्द्रीय सदस्यमा लालबहादुर थापा, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, झपटबहादुर बोहरा, झपटबहादुर रावल र दामोदर भण्डारी भण्डारी विजयी भएका छन् ।

विजयी भएकामध्ये रावल मात्रै ईश्वर पोखरेल टिमबाट निर्वाचन लडेका थिए । यस्तै महिलातर्फ सन्तोषकुमारी शर्मा थापा, कमला बोहरा र निरुदेवी पाल विजयी हुँदा अफिलाल ओखेडा र आशा विक दलित क्लस्टरबाट जित निकाल्न सफल भएका छन् । समावेशी थारुतर्फ कृपाराम राना र गौरीशंकर चौधरी विजयी भएका छन् ।

युवातर्फ नरेश रोकाया सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएका थिए । भूगोलको केन्द्रीय सदस्यमा भने गोविन्द गिरी, चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, सहदेव बोगटी, लिलाधर भट्ट, लिलाकुमारी भण्डारी, कमलाकुमारी ओली र भागिरथी सिंह विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

एचआईभी नियन्त्रणमा सञ्चारकर्मीको भूमिका खोजिँदै