मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो

काठमाडौँ । सरकारलाई दबाब दिन माइतीघर पुगेको मिराज ढुंगाना समूहका केही जेन जेडहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ प्रशासनले माइतीघरमा उक्त समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन।

अनुमतिबिना नै प्रदर्शन गर्न गएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो। सोही क्रममा केही जेन जेडहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई भ्यानमा राखेर सुरक्षित स्थानमा लगिएको छ।

मिराजको समूह अनुमतिका लागि सोमबार बिहान १० बजेतिर जिल्ला प्रशासन काठमाडौँ गएको थियो। तर, उक्त समूहलाई प्रशासनले अनुमति दिएको थिएन। सर्वदलीय सरकार गठनको माग गर्दै उक्त समूहले आज प्रदर्शन गरेको थियो ।

रविकिरण हमालसहित ५ जना पक्राउ
सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । सो क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रविकिरण हमालसहितका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मिराज ढुंगानासहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

महाधिवेशन समीक्षा भेलालाई गलतरुपले नबुझ्न ईश्वर पोखरेलको आग्रह