भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना र मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा आज भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण शिविर आजबाट शुभारम्भ भयो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख प्रजापतिले मुटु शरीरको अत्यन्त महत्वपूर्ण र संवेदनशील अंग भएको हुँदा मुटुमा हुने कुनै पनि किसिमको समस्याले मानव जीवनलाई नै जोखिममा कम गर्न सक्ने हुँदा सजग हुनुपर्ने बताए ।

आज मंगलबारबाट ४ दिन सञ्चालन हुने मुटुरोगको प्रारम्भिक परीक्षण शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढीको मुटु परीक्षण हुने बताउँदै उहाँले भविष्यमा हुने जोखिम नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. बसन्त पञ्चले मुटु परीक्षण शिविर सञ्चालनसँगै भक्तपुरमा सम्भाव्यता अध्ययनमा पनि जोड दिने बताए ।
कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका रामेश्वर मचामसीले बागीश्वरी मावि-कलेज केन्द्रमा बागीश्वरी मावि, अमरज्योति ज्ञानकुञ्ज आधारभूत विद्यालय, कमलविनायक स्कूल, ग्लोबल लाइफ स्कूल, विज्डम इ. स्कूल, मनकामना इ. सेकेन्डरी स्कूल, समता शिक्षा निकेतन इ. स्कूल र पारागण एकेडेमीका करिब ३ हजार ६३६ जना विद्यार्थीको मुटुको परीक्षण गरिने अवगत गराएका थिए । शिविरमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।
सम्बन्धित समाचार
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन
ककनीमा पिच सडक पुगेपछि जनताबाट डा. प्रकाशशरण महतलाई भव्य स्वागत
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बागमती प्रदेश सरकारको पूर्वाधार विकासमा पाँच प्राथमिकता
पोसाक लगाएर टिकटक र रिल्स बनाएको आरोपमा २ सय १२ सशस्त्र प्रहरी कारबाहीमा
चौथोपटक विस्तार, १४ सदस्यीय मन्त्रिपरिषद्
सिन्धुलीकी दिलकुमारीको ह्वीलचियरवाटै बञ्जीजम्प
नेपाल–चीन सञ्चार सहकार्य एलाइन्स सुरु






