काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका हेरफेर’bout छलफल हुने बताइएको छ । १५ औँ महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि काँग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ ।
१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)






