काठमाडौं । जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी‚ काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको स्थान हद फुकुवा गरेको छ।
आयोगले २३ र २४ भदौको घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित खापुङ र रिजालमाथि स्थान हद लगाएकामा मंगलबार फुकुवा गर्ने निर्णय गरेको हो।
उनीहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौँ उपत्यका छाड्न रोक लगाएको थियो । तर, मंगलबार आयोगले गृह मन्त्रालयलाई पठाएको उपसचिव कमलप्रसाद पाण्डेले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, “पूर्वनिर्णयउपरको कार्यसम्पन्न भइसकेकाले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णयअनुसार अनुरोध छ।’
आयोगले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतमाथि पनि स्थान हद लगाएको छ ।

सम्बन्धित समाचार
चार महिनामा बाह्य सूचक बलिया, आन्तरिक माग सुस्त
दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो
मधेस प्रदेशको सभामुखका लागि २ जनाको उम्मेदवारी दर्ता
चुनावमा कसले कतिवटा गाडी प्रयोग गर्न पाउँछन् ?
बिज एजुकेशनको ब्रान्ड एम्बेसडरमा क्रिकेटर हेमन्त धामी
साउदीमा गैरकानुनी कामदार माथि धरपकड़ तीव्र
पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ






