दाङ । काठमाडौको ठमेलमा एक युवकको हत्या गरेर भागेका एक जना कैदी रोल्पामा पक्राउ परेका छन् । मकवानपुर घर भएका २५ वर्षका सुरज तामाङको हत्या लगत्तै भागेका कैदी आकश मगरलाई रोल्पा नगरपालिका–१० धाङ्सीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए ।
सोमबार दिउसो २ बजे पक्राउ परेका मगरलाई प्रहरीले काठमाण्डौ पठाएको छ । मकवानपुर घर भइ हाल मनमैजु बस्दै आएका तामाङलाई असोज १३ गते कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । यसअघि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेका थिए ।
सम्बन्धित समाचार
अज्ञातसमूहद्वारा संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि आक्रमण
आगो लगाएर सुशीलाको हत्या
यौन अपराधका तीनजना फरार प्रतिवादी पक्राउ
पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ
गुल्मीको हाडहाडेमा आठकोठे विद्यालय भवन निर्माण हुँदै
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि…..
आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर नगरपालिका
एमाले कर्णालीका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर






