रूपन्देही । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–१७ रानीगंज डेरा गरी बस्ने काभ्रेपलाञ्चोक कुशादेवी गाउँपालिका–७ घर भएका ३८ वर्षीय प्रकाश घिमिरेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)






